रैनादेवी छहराकाे कटाैजे पानी खेल मैदानमा पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरू

पाल्पा- जिल्लाकाे रैनादेवी छहरा गाउँपालिकाको आयोजनामा सञ्चालन हुने पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आज एक कार्यक्रमका बिच  शुभारम्भ भएको छ । खेलकाे उद्घाटन कार्यक्रम युवा तथा खेलकुद विकास समितिका संयोजक नारायण कार्कीको अध्यक्षता भएको हाे । 

 

खेलकाे उद्घाटन गाउँपालिका अध्यक्ष रुक्माङ्गत भट्टराईले शुभारम्भ गर्नु भएको हाे । कार्यक्रमका  प्रमुख आतिथि समेत रहनु भएका गाउँपालिका अध्यक्ष भट्टराईले खेल हार जितका लागि मात्र नभई स्वास्थ्य र अनुशासनका लागि पनि भएको बताउनुभयो ।  विद्यालयहरुलाई खेलाडी उत्पादनमा पालिकाले पर्याप्त सहयोग गर्ने बताउँदै त्यसका लागि विधागत रुपमा खेल क्षेत्रमा विद्यार्थीको आकर्षण बढाउन आग्रह गर्नुभयो । शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्य भएको चर्चा गर्दै विद्यार्थीलाई यहाँका विद्यालयबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने दक्ष खेलाडी जन्माउने उद्देश्यले गाउँपालिका खेलकुदको विकासमा लागि रहेको बताउनुभयो ।



कार्यक्रममा उपाध्यक्ष युवराज थापा,प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद तिमिल्सिनाको विशिष्ट आतिथ्यता, गाउँपालिकाका वडाका वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, गाउँसभा सदस्यहरू, शिक्षा समितिका पदाधिकारीहरू, राजनीतिक दलका प्रतिनिधिहरू, गाउँपालिकाको कार्यालयका शाखा प्रमुखहरू तथा विद्यालयका प्रधानाध्यापकहरूको आतिथ्यतामा सम्पन्न भएको छ ।

 

रैनादेवी छहरा – ५ को कटौजेपानी खेल मैदानमा सञ्चालन हुने ३ दिन सम्म चल्ने प्रतियोगितामा गाउँपालिकाका विद्यालयहरूले भलिबल, कबड्डी, एथ्लेटिक्स, सट पुट लगायतका खेलहरुमा सहभागीता जनाइरहेका छन् । प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीहरुले रैनादेवी छहरा गाउँपालिकाको प्रतिनिधितत्व गर्दै जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाउनेछन् ।

 

उद्घाटन कार्यक्रममा अध्यक्ष रुक्माङ्गत भट्टराई तथा शिक्षा अधिकृत निशा पाण्डेले सहभागिहरूलाई शुभकामना दिनुभएको थियो । कार्यक्रम सञ्चालन शिक्षा शाखाका प्रा.स. राजाराम भाटले गर्नुभएको थियो ।

Comments