रैनादेवी छहराको भैरव माविबाट एचपिभी खोप अभियानको शुभारम्भ
रैनादेवी छहरा गाउँपालिकाले आज देखी किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप अभियानको शुभारम्भ गरेको छ । रैनादेवी छहराको भैरव माविबाट एचपिभी खोप अभियानको गाउँपालिका अध्यक्ष रुक्मागंत भटराई र वडा अध्यक्ष गोविन्द रायमाझीले शुभारम्भ गर्नु भएको हो ।
अभियानको शुभारम्भ कार्यक्रममा गाउँपालिका अध्यक्ष रुक्माङ्गत भट्टराईले खोपको महत्त्व र आवश्यकताबारे प्रकाश पार्दै, सबैलाई खोप अभियानमा सक्रिय सहभागिता जनाउन आग्रह गर्नुभएको थियो । उहाँले किशोरीहरूको स्वास्थ्य सुरक्षाका लागि एचपीभी खोप प्रभावकारी हुने बताउनुभयो । खोप अभियानलाई सफल बनाउन, विद्यालयका शिक्षक, अभिभावक, र समुदायका सबै सदस्यहरूको सहयोग आवश्यक रहेको बताउनुभयो ।
रैनादेवी छहरा गाउँपालिकामा पाठेघरको मुखको क्यान्सर रोकथामका लागि एचपीभी खोप अभियान माघ २९ गतेदेखि फागुन ६ गतेसम्म सञ्चालन हुँदैछ। यस अभियानमा कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिरका १० देखि १४ वर्ष उमेरका किशोरीहरूलाई खोप प्रदान गरिनेछ। गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जीवन रानाका अनुसार, यस अभियानमा १ हजार ७६ किशोरीलाई खोप दिने लक्ष्य राखिएको छ । यसअघि, श्री भैरव नवदीप माध्यमिक विद्यालयमा खोप केन्द्र रहेका विद्यालयका प्रधानाध्यापक तथा शिक्षक प्रतिनिधिहरूलाई एक दिने अभिमुखीकरण गोष्ठी सम्पन्न गरिएको थियो । गोष्ठीमा २८ जना प्रअ तथा शिक्षक प्रतिनिधिको उपस्थिति रहेको थियो ।
किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउनका लागी आजदेखि फागुन ६ गतेसम्म खोप अभियान सञ्चालन हुने रैनादेवी छहरा स्वास्थ्य साखा प्रमुख जिवन रानाले जानकारी दिनु भयो । खोप अभियानमा रैनादेवी छहरा गाउँपालिका भित्र बाट कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका एक हजार ७६ किशोरीलाई खोप लगाइने गाउँपालिकाले जनाएको छ । खोप विश्व स्वास्थ्य सङ्गठनबाट मान्यताप्राप्त हुनुका साथै औषधी व्यवस्था विभागले समेत स्वीकृत गरेको हुँदा यो खोप सुरक्षित र प्रभावकारी भएको हुदा ढुक्कसँग खोप लगाउन रैनादेवी छहरा स्वास्थ्य चौकीमा रहेका डाक्टर शिशिर पटेलले आग्रह गर्नु भएको छ ।
एचपिभी खोप अभियानको शुभारम्भ कार्यक्रममा रैनादेवी छहरा गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद ज्ञवाली भैरव माविका प्रअ झलक रायमाझी स्वास्थ्य कर्मी लगाएतको सहभागीता रहेको थियो ।








































Comments