रैनादेवी छहरा पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा

पाल्पाको रैनादेवी छहरा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकालाई निश्चित इन्डिकेटरका आधारमा पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको हो । जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टङ्कनाथ खनाल र स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा,राजेन्द्र गिरी लगाएतको टोलीले गाउँपालिकालाई  पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरेका हुन्। पालिकाका सबै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको र हाल सोही तथ्याङ्क र सूचकका आधारमा पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख जिवन रानाले जानकारी दिनुभयो । १५ महिना मुनिका र १६ देखि २३ महिना मुनिका सबै बालबालिकाहरूले खोप पाइसकेकाले गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ घोषणा गरिएको बताउदै स्वास्थ्य शाखाले दिगोपना र पूर्ण खोप सुनिश्चितताका लागि हरेक वर्ष चैतमा नियमित खोपको घरभेट सर्वेक्षण गरी उमेरअनुसार खोप पाए नपाएको यकिन गरेर पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा,राजेन्द्र गिरीले बताउनुभयाे ।

 

कार्यक्रममा प्रमुख अतिथि समेत रहनु भएका जिल्ला समन्वय समितिका प्रमुख टङ्कनाथ खनालले आवश्यक तथ्य पेस भएको र सोही तथ्यका आधारमा पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको भन्दै पछिल्लो समय स्वास्थय संस्थाहरुको सकृयताले खोप लगाउने उमेर समूहका बालबालिका खोपबाट वञ्चित हुनु पर्ने अवस्था नभएको समेत बताउनुभयो । कार्यक्रम बोल्दै गाउँपालिकाका अध्यक्ष रुक्ब्मागंत घटराईले उमेर पुगेका सबै बालबालिकाले खोप लगाएको सुनिश्चित हुनुले संक्रमणबाट कोहि पनि प्रभावित नहुने बताउदै पूर्ण मात्रको खोप लगाउँदा स्वास्थ्य सेवा सुधार हुनुका साथै  स्वस्थ समाज बनाउन पनि खोप अनिवार्य भएको कारण प्रत्येक गाउँमा रहेका बालबालिकाको खोजी गरी खोपको पहुँचमा ल्याइएको बताउनु भयो । उपाध्यक्ष युवराज थापाको स्वागत बाट सूरु भएको कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका खोप सुपरभाईजर विश्वनाथ न्यौपाने रैनादेवी छहरका स्वास्थ्य साखा प्रमुखहरु वडा अध्यक्षहरु लगाएतको उपस्थीतमा कार्यक्रम गरिएको थियो ।

Comments