रैनादेवी छहरा गाउँपालिकामा नसर्ने रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
पाल्पा —जिल्लाकाे रैनादेबी छहरा गाउँपालिकामा नसर्ने रोगहरूको नियन्त्रण तथा स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि रैनादेबी छहरा गाउँपालिका अध्यक्ष रूक्मागत भट्टराईले स्वस्थ जीवनशैली अपनाउनुको महत्त्वबारे प्रकाश पार्दै नागरिकहरूले नियमित शारीरिक व्यायाम, सन्तुलित आहार, तनाव व्यवस्थापन तथा समयमै स्वास्थ्य परीक्षण गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले नसर्ने रोगहरूको वृद्धि रोक्न समुदायस्तरमै सचेतना कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने कुरालाई मध्ये नजर गरि गाउँपालिकाले सचेतना मुलक कार्यक्रमलाई अगाडि बढाउने बताउनुभयो ।
अभिमुखीकरण कार्यक्रममा सहभागीहरूलाई पौष्टिक भोजनको महत्त्व, धूम्रपान तथा मद्यपानको हानिकारक असर, नियमित चिकित्सकीय परामर्शको आवश्यकता आदि विषयमा सचेत गराइएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जीवन रानाले बताउनुभयाे ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष युवराज थापाले नसर्ने रोगहरूको नियन्त्रणका लागि जनचेतना अत्यावश्यक रहेको बताउनुभयो । उहाँले स्वस्थ जीवनशैली अपनाउन व्यायाम, सन्तुलित भोजन, तथा नियमित स्वास्थ्य परीक्षण अनिवार्य गर्नुपर्नेमा जोड दिनुभयो । समुदायस्तरबाटै रोग प्रतिरोधात्मक उपायहरू अपनाउन सकिएमा दीर्घकालीन स्वास्थ्य समस्या न्यून गर्न सकिने बताउनुभयो । स्वास्थ्य नै जीवनको सबैभन्दा ठूलो सम्पत्ति भएकाले यसप्रति गम्भीर बन्न सबैलाई आग्रह गर्नुभयो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवालीले स्वस्थ जीवनशैली अपनाउनु सबैको जिम्मेवारी रहेको बताउनुभयो । गाउँपालिकाले समुदायस्तरमा स्वास्थ्य शिक्षा र परामर्श सेवा विस्तार गर्ने योजनाबारे जानकारी दिनुभयो । उहाँले यस्ता कार्यक्रमहरूले नागरिकलाई स्वास्थ्यप्रति जागरूक बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउदै स्वस्थ समुदाय निर्माणका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको कुरामा जाेड दिनुभयाे । कार्यक्रममा वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, स्वास्थयकर्मीहरू लगायतको उपस्थिति रहेको थियो ।








































Comments