रैनादेवी छहरा गाउँपालिकाले ४ ओटा प्रहरी चौकीलाई विपदका सामाग्री हस्तान्तरण
पाल्पा-जिल्लाकाे रैनादेबी छहरा गाउँपालिकाले पालिका भित्र पर्ने ४ ओटा प्रहरी चौकीहरुलाई विपदका सामाग्रीहरु हस्तान्तरण गरेकाे छ । पालिकामा आयाेजित एक औंपचारिक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष रूक्मागत भट्टराईले प्रहरी चौकीहरुलाई विपदका सामाग्रीहरु हस्तान्तरण गर्नुभएकाे हाे । गाउँपालिकाले विपद सामाग्रीहरु, फायर व्यागप्या, फायर स्विटर र ह्याण्डल,फायर र्याक र ह्याण्डल,फायर एक्सटिङ्गगुसर, रिटाडर्ड सुट, बुट, ग्लोब्स,बलाङ्केत लगाएतका सामाग्री हस्तान्तरण गरेको गाउँपालिकाले जनाएको छ ।
सामाग्री हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष भट्टराईले गाउँपालिकाले पालिकामा भैपरि आउने विपतकाे समाधान गर्नका लागि सामाग्री हस्तान्तरण गरेको बताए । विपत कुनै पनि पुर्व सुचना दिएर आउदैन ,त्यसैले गाउँपालिकाले कुनै पनि आईपर्न सक्ने विपतमा क्षति न्युनिकरण गर्नका लागि प्रतिकार्य सामाग्रीहरु वितरण गरिएको बताए । बर्खाकाे समयमा पहिराेकाे कारण अधिंकाश बाटाहरू अवरुद्ध हुन्छन । भने गर्मीकाे समयमा डढेलाेकाे ठुलाे जाेखिम हुनेहुदा यस्ता विपतकाे समयमा जाेखिमलाई न्युनिकरण गर्न सुरक्षा कर्मीहरूकाे ठुलाे याेगदान हुने बताए । गाउँपालिकाले सुरक्षाकर्मीहरूकाे याेगदानकाे उच्च मुल्यांकन गरिरहेकाे बताउदै विपत न्युनिकरण खेल्नु भएको भुमिकाकाे प्रशंसा गर्नुभयो ।
कार्यक्रम गाउँपालिका उपाध्यक्षमा युवराज थापा,वडा न ५ का वडा अध्यक्ष हुतमान सिङ कार्की,गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद तिमिल्सिना,लेखा अधिकृत लिला मनि बस्याल,प्रहरी चाैकीका प्रमुख एवम प्रतिनिधि,जनप्रतिनिधिहरूकाे उपस्थिति रहेको थियाे ।








































Comments