रैनादेवी छहरा गाउँपालिकाले गर्याे चार्डपर्व लक्षित बजार अनुगमन

पाल्पाको रैनादेवी छहरा गाउँपालिकाको केन्द्र रहेको मुख्य बजार छहराको अनुगमन गरिएको छ । रैनादेवी छहराले गरेको बजार अनुगमनका क्रममा अधिकांश व्यापारीहरुले व्यवसायी दर्ता, नविकरण, मुल्य सूची र बिल जस्ता कुराहरु लागू नगरेको पाइएको अनुगमन टोलीका संयोजक तथा रैनादेवी छहरा गाउँपालिका उपाध्यक्ष युराज थापाले बताउनु भयो । चाडपर्व लक्षित बजार अनुगमनमा म्याद गुज्रेका सामग्री बिक्री वितरणमा रोक लगाउने र उपभोक्ता अधिकारका विषयमा जानकारी दिने उद्देश्यले व्यापारीलाई म्याद गुज्रेका सामग्री बिक्री नगर्न र उपभोक्तालाई उपभोग्य मिति तथा लेबल हेरेर मात्र खरिद गर्न सुझाव दिएको जिल्ला प्रशासन कार्यालय, पाल्पाका प्रतिनिधि मनोज आर्चाय जानकारी दिनुभयो ।

 

अनुगमनमा  घरेलु तथा साना उद्योग कार्यालयका प्रतिनिधि,कल्पडा पौडेल इलाका प्रहरी कार्यालयका मुझुङका प्रमुख पृथ्वी काफ्ले गाउँपालिकाका उपाध्यक्ष युवराज थापा, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद तिमिल्सिना,लेखा अधिकृत लिलामणी बस्याल,स्वास्थ्य साखा प्रमुख जिवन राना,राजश्व साखाका प्रमुख हरी प्रसाद पराजुली,उधोग बाणिज्य संघ पाल्पाका प्रतिनिधि खुम प्रसाद पोखरेल, कार्यपालिका सदस्य महेश बराल,अनुगमन समिति सदस्य र पत्रकार लगायतको टोलीले ३७ वटा पसल अनुगमन  गरेको थियो । अनुगमन टोलीले छहरा बजारका पसलबाट करिव १० हजार बढी मुल्य बराबरको म्याद नाघेका, खाद्य सामग्रीहरू जफत गरेर नष्ट गरेको थियो ।

Comments