रैनादेवी छहरा गाउँपालिकाले गर्याे आधारभुत तह उत्कृष्ट विद्यार्थी, शिक्षक र विद्यालयलाई सम्मान
पाल्पाको रैनादेवी छहरा गाउँपालिकाले आधारभुत तह उत्कृष्ट विद्यार्थी, शिक्षक र विद्यालयलाई सम्मान गरेको छ । गाँउपालिकाले कक्षा एक पाँचको स्थानीय पाठ्यक्रम प्रवोधीकरण र आधारभुत तह कक्षा उत्तिर्ण परिक्षामा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थी, शिक्षक र विद्यालयलाई सम्मान गरेको गाउँपालिकाका शिक्षा साखा प्रमुख निशा पान्डेले जानकारी दिनुभयो ।
कार्यक्रम पश्चात आधारभुत तह कक्षा उत्तिर्ण परिक्षामा उत्कृष्ट नतिजा प्राप्त गर्ने आठ जना विद्यार्थीलाई प्रथम पुरस्कार रु १० हजार, द्धितिय पुरस्कार रु ८ हजार, तृतिय पुरस्कार रु ६ हजार र सान्तवना पुरस्कार रु ४ हजार नगद पुरस्कार सहित सम्मान गरिएको थियो । त्यस्तै उक्त परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल विषयगत शिक्षकहरु र उत्कृष्ट तिन विद्यालय र स्थानिय पाठ्क्रम र पाठ्यपुस्तक लेखक हरुलाई समेत प्रमाणपत्र द्वारा सम्मान गरिएको शिक्षा साखाले जनाएको छ ।कार्यक्रममा नियमित प्रधानाध्यापकको बैठकमा यसै वर्ष देखी लागु भएको कक्षा ४ र ५ को स्थानिय पाठ्यक्रम तथा कक्षा २ र ३ मा लागु भएको पाठ्यपुस्तकको प्रवोधीकरण कार्यक्रम सम्पन्न भएको छ । स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तकको प्रवोधीकरण कार्यक्रमको सहजिकरण नरेन्द्र थापाले गर्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि बनेर पुग्नु भएका गाउँपालिका अध्यक्ष रुक्मागत भटराईले विगतका तुलनामा रैनादेवी छहराको शिक्षा क्षेत्रको नतिजामा शत प्रतिशत सुधार भएको भन्दै आगामी दिनमा गुणस्तरीय शिक्षा प्रदान गर्नको लागी सबैको सहयोग आबश्यक रहेको समते बताउदै सम्पुर्णलाई बधाई तथा सुभकामना व्यक्त गर्नु भयो ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष युवराज थापा, प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद तिमिल्सिना, सामाजिक विकास समिति संयोजक तथा वडा नं ५ का वडा अध्यक्ष हुमान सिं कार्की, वडा नं ४ का वडा अध्यक्ष गोविन्द रायमाझी लगाएतका अतिथिहरुले शिक्षा क्षेत्रमा फड्को मारेको र सबैको सहकार्य र सहयोगले जिल्लामै उत्कृष्ट नतिजा ल्याउन सम्बन्धीत सरोकारवाला निकाय लाग्न पर्ने बताउनु भयो । रैनादेवी छहरा गाउँपालिकाको सभाहलमा भएको कार्यक्रममा स्थानीय जनप्रतिनिधि समाजसेवी र शिक्षा संग सरोकार राख्ने ब्याक्तहिरुको उपस्थीत रहेको थियो ।








































Comments