रैनादेवी छहरा गाउँपालिकाकाे सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न!
पाल्पा- जिल्लाकाे रैनादेवी छहरा गाउँपालिकाले आर्थिक वर्षमा सम्पादन गरेका योजना तथा कार्यक्रमको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । सार्वजनिक सुनुवाइ कार्यक्रम गुनासो लिएर पुग्नु भएका छहराका मान बहादुर थामी भुवनपोखरीका किशोर कुमार कँडेल पत्रकार माधव प्रसाद अर्याल, कृष्ण पोखरेल,लगाएतले हार्थोक छहरा मोटर बाटो बनाउन,छहरामा सार्वजनिक सौचालय निमार्ण गर्न,तिलक थान पार्कलाई गाउँपालिको पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्न,कृषीमा बितरण मुखी बजेट भन्दा अनुदानमा आधारीत बजेट बितरण गर्न सुझाव तथा गुनासा राखेका थिए ।
कार्यक्रममा बोल्दै रैनादेबी छहरा गाँपालिकाका अध्यक्ष रूक्मागत भट्टराईले सेवाग्राहीका गुनासालाई स्वागत गर्दै गाउँपालिकाले आगामी दिनमा सेवाप्रवाहलाई थप चुस्त, दुरुस्त र प्रभावकारी बनाउने प्रतिबद्धता जनाउनुभयो । उहाँले आगामी दिनमा नागरिकका असन्तुष्टिहरुको सम्बोधन गर्ने र पालिकाको सेवालाई प्रभावकारी बनाउने बताउनुभयो । अध्यक्ष भट्टराईले आफूहरुले सकेसम्म गाउँपालिकाको स्रोत र साधनको समुचित प्रयोग गरि विभिन्न योजना अगाडी सारेर काम गरिरहेको बताउनुभयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद तिमिल्सिनाले गाउँपालिकाका सबै शाखाबाट हुने कामलाई अझै प्रभावकारी बनाउन लागि पर्ने बताउनुभयो ।
उठेका जिज्ञासाहरुको जवाफ दिदै प्राविधिक प्रमुख किसोर खनाल लेखा अधिकृत लिलामणी बस्याल,प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद तिमिल्सिनाले रचनात्मक सुझाव बाट गाउँपालिकाको बिकास अगाडी बढ्ने बताउनुभयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद तिमिल्सिनाले अर्धवार्षिक प्रगति प्रतिवेदन पेश गर्नुभएको थियो भने उपाध्यक्ष युवराज थापाले स्वागत मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा सबै वडाका वडाध्यक्षहरू, कार्यपालिकाका सदस्यहरू, वडा सदस्यहरु, शाखाका प्रमुखहरू पाल्पाका पत्रकारहरू माधव प्रसाद अर्याल, कृष्ण पोखरेल, सन्तोष गहतराज लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम रैनादेबी छहरा गाउँपालिकाकाे आयाेजना र सामुदायिक रेडियो मुक्तिनाथ एफएमकाे सहजीकरणमा सम्पन्न भएको थियो ।








































Comments