रैनादेवी छहरा गाउँपालिकाको आयोजनामा अन्तर वडास्तरीय तीज गीत प्रतियोगिता सम्पन्न

पाल्पाकाे रैनादेवी छहरा गाउँपालिकाको आयोजनामा अन्तर वडास्तरीय तीज गीत प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा ४ नं वडा प्रथम, ६ नं वडा  द्वितीय, ५ नं वडा तृतीय हुन सफल भएका छन् । कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभाका सभामुख माननीय तुलाराम घर्ति मगरले महिलाहरुको महान चाड हरितालिका तीजको अबसरमा मनोरञ्जन मात्र नभई कला, संस्कृति, परम्पराको संरक्षणमा लाग्नुपर्ने बताउनुभयो ।

 

कार्यक्रममा रैनादेबी छहरा गाउँपालिकाका अध्यक्ष रूक्मागत भट्टराईले तीज गीत प्रतियोगिताले आपसी सद्भाव कायम गर्न सहयोग पुग्ने विश्वास समेत व्यक्त गर्नुभयो । तिज पर्व विशेषगरी महिलाहरूकाे पिडा,बेधना पाेख्ने थलाे रहेको बताउदै तिजकाे माैलिकतालाई जाेगाई राख्न सबै पक्ष एक्यवद्ध भएर लाग्नु पर्ने बताउनुभयो । 

 

प्रतियाेगितामा प्रथमलाई पुरस्कार रु. २० हजार, द्वितीय पुरस्कार रु. १५ हजार , तृतीय पुरस्कार रु. १० हजार  प्रदान गरिएको छ । सहभागी सम्पूर्ण टोलीहरूलाई यातायात तथा खाजा खर्च पनि प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।

 

प्रतियाेगिता गाउँपालिका अध्यक्ष रुक्माङ्गत भट्टराईको अध्यक्षता, उपाध्यक्ष युवराज थापाजयूको विशिष्ट आतिथ्यता, निमित्त प्रमुख प्रशासकीय अधिकृत जिबन राना, जि.स.स. का पूर्व का.वा. प्रमुख मिरा मरासिनी, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, राजनीतिक पार्टी प्रतिनिधिहरुको अथित्यतामा सञ्चालन भएको थियो । कार्यक्रमको स्वागत मन्तब्य कार्यपालिका सदस्य गीता रानाले दिनुभएको थियो र सञ्चालन शिक्षा अधिकृत निशा पाण्डेले गर्नुभएको थियो ।

 

Comments