रैनादेवी छहरा गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट ७३ करोड १७ लाख ९७ हजार
पाल्पाकाे रैनादेवी छहरा गाउँपालिकाको गाउँ सभाको १६ औँ अधिवेशन विधिवत रूपमा समापन भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, वार्षिक बजेट, विनियोजन विधेयक, आर्थिक विधेयक सम्बन्धी छलफलमा केन्द्रित रही यो वर्षे अधिवेशन समापन भएको हो ।
गाउँ सभाका अध्यक्ष रुक्माङ्गत भट्टराईले आह्वान गर्नुभएको गाउँ सभाको दोस्रो बैठक साेमबार गाउँपालिकाको सभाहलमा सुरु भएको थियो । गाउँसभा गाउँपालिका उपाध्यक्ष युवराज थापाकाे सञ्चालनमा भएको थियाे । अधिवेशनको दोस्रो बैठकमा रैनादेवी छहरा गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८१/८२ को आर्थिक विधेयक, विनियोजन विधेयक तथा वार्षिक बजेट, न्यायिक समितिको प्रतिवेदन सभा समक्ष पेस गर्नुभएको थियो ।
सभाको कार्यसूची अनुसार पेस भएका आर्थिक विधेयक, विनियोजन विधेयक तथा वार्षिक बजेटका विषयमा छलफल हुनुका साथै न्यायिक समितिको वार्षिक प्रतिवेदन समेत छलफल भएको थियो । सभामा छलफल पश्चात आगामी आर्थिक वर्षको आर्थिक विधेयक, विनियोजन विधेयक तथा वार्षिक बजेट सभाबाट सर्वसम्मतले स्वीकृत भएका छन् ।
रैनादेबी छहरा गाउँपालिकाकाे गाउँ सभामा गाउँपालिकाका उप प्रमुख युवराज थापाले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट चालु तर्फ: ५० करोड ४५ लाख ९४ हजार ३ सय १० रुपैयाँ र पुँजीगत तर्फ: २२ करोड ७२ लाख ३ हजार रुपैयाँ गरि कुल बजेट: ७३ करोड १७ लाख ९७ हजार ३ सय १० रुपैयाँ बिनियाेजन गरिएको बताए ।








































Comments