रैनादेवी छहरा गाउँपालिका पूर्ण संस्थागत प्रसूति सेवायुक्त गाउँपालिका घोषणा

पाल्पाको रैनादेवी छहरा गाउँपालिकालाई एक बहृत कार्यक्रम गरेर पूर्ण संस्थागत प्रसूति सेवायुक्त गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाका भित्रका ८ वटै वडामा सुत्केरी भएका महिलाको तथ्यांक संकलन गरी मापदण्डको सूचकको आधारमा प्रक्रिया पूरा गरी पूर्ण संस्थागत प्रसूति सेवायुक्त गाउँपालिका घोषणा गरिएको रैनादेवी छहरा स्वास्थ्य शाखाले जनाएको छ ।

 

पूर्ण संस्थागत प्रसूति सेवायुक्त गाउँपालिका घोषणा कार्यक्रममा प्रमुख अतिथि बनेर पुग्नु भएका लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले  यस पालिकामा दक्ष प्रसूतिकर्मीद्वारा सुत्केरी गराउने बर्थिङ सेन्टर र जनचेतनाका कारण स्वास्थ्य संस्थामा सुत्केरी हुनेको महिलाको संख्या शतप्रतिशत गराउन सफल भएको भन्दै रैनादेवी छहराको स्वास्थ्य साखाको प्रशांसा गर्द आगामी दिनमा यस पालिकामा गर्भवती र शिशु स्वास्थ्य सुरक्षाका लागि ग्रामीण अल्ट्रासाउण्डको सेवा बिस्तार गर्ने प्रतिबद्धता समेत जनाउनु भएको थियो । कार्यक्रममा जिल्ला  समन्वय समितिका उपप्रमुख काशिका गैरे स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख टुकप्रसाद पोखरेल, गाउँपालिका अध्यक्ष रुक्मागंत भटराई प्रमुख प्रशासकीय अधिकृत विवेक रणपाल परियार लगायतले संयुक्त रुपमा गाउँपालिकालाई पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा गर्नुभएको थियो ।

 

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष रुक्मांगत भटराईले गाउँपालिकाले नागरिकको स्वास्थ्य क्षेत्रमा पहुँच वृद्धिका लागि प्राथमिकता दिएर काम गर्दै आएको बताउदै जनतालाई घरदैलोमै गुणस्तरीय स्वास्थ्य सेवा दिने गाउँपालिकाको प्रमुख योजना रहेको समेत बताउनु भयो  । रैनादेवी छहरा सबै वडालाई  पूर्ण संस्थागत प्रसूति सेवायुक्त वडा घोषणा गरी स्थानीय तहलाई घोषणाको लागि स्वास्थ्य कार्यालयमा सिफारिस गरेर पठाइएको र प्रोटोकल अनुसारको गर्भजाँचलाई प्रोत्साहन तथा पोषण सुधारमा सघाउनका लागि नियमानुसार गर्भजाँच गर्दा अण्डा उपलब्ध गराउने गरेको  जुनसुकै स्वास्थ्य संस्थामा प्रसूति गराउन जाँदा लाग्ने सम्पूर्ण यातायात खर्च नियम अनुसरा गाउँपालिकाले दिने गरेको रैनादेवी छहरा स्वास्थ्य शाखा प्रमुख जिवन रानाले जानकारी दिनुभयो । 

 

वडाका जनतालाई आधारभूत स्वास्थ्य सेवा सन्देश पु¥याउने संवाहकका रुपमा आधारभूत स्वास्थ्य सेवालाई जनताको घरदैलोमै पु¥याउने उद्देश्य अनुरुप काम गरिरहेका महिला स्वास्थ्य स्वयंसेविका लाई समेत स्वास्थ्य मन्त्रि सारुले धन्यबाद दिदै सम्मान गर्नु भएको थियो ।कार्यक्रममा पालिका भित्रका सबै वडा अध्यक्षहरु कार्यपालिका सदस्य राजनितिदलहरु संघ सस्थाका प्रतिनिधिहरु र स्वास्थ्य संग सम्बन्धीत ब्याक्तीहरुको उपस्थीत रहेको थियो । 

Comments