रैनादेवी छहरा गाउँपालिका अध्यक्ष भट्टराई राहत सामग्री लिएर आगलागी पीडितका घरमै पुगे

पाल्पा,– केही दिन अघि रैनादेवी छहरा गाउँपालिका वडा नम्बर ३, भुवनपोखरीको छचुवा कुमाल बस्तीमा भएको आगलागीले ६ घरगोठ जलेर पूर्ण रूपमा नष्ट भएको थियो । आगलागीले घरबारविहिन भएका परिवार अहिले अस्थायी त्रिपालमुनि बस्न बाध्य छन् । स्थानीय सरकार र विभिन्न संघसंस्थाका प्रयासले ती पीडितहरूको जीवनमा केही राहत थपिएको छ ।

 

आगलागी पछि गाउँपालिका अध्यक्ष रुक्मागत भट्टराई घटनास्थल पुगेर राहत वितरण गर्ने एक प्रमुख अग्रसरता देखाउनु भएको छ । राहत सामग्री लिएर पीडित परिवारका घरसम्म पुग्नु भएका गाउँपालिका अध्यक्ष भट्टराईले पीडितहरूको सान्त्वना दिनुभयाे । उहाले भन्नुभयाे, "यो एक गम्भीर संकट हो र यसै कारण हामी सबैको साथ र सहयोग आवश्यक छ । यस दुखद घडीमा स्थानीय सरकार तपाईहरूको साथमा छ अध्यक्ष भट्टराई बताउनुभयो । गाउँपालिकाले सकेसम्मको राहत प्रदान गरेका छ र स्थायी पुनःस्थापनाका लागि पनि पहल गर्ने बताउनुभयो । भुवनपोखरीको कुमाल बस्तीमा भएको आगलागीले ६ घर र गोठहरूलाई पूर्ण रूपमा नष्ट भएको थियो । अागलागीले खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा, र घरका अन्य सामान सबै जलेर नष्ट भएका थिए ।  पीडितहरूका अनुसार , " दुःखकाे घडीमा गाउँपालिकाले गरेको सहयोगले राहत मिलेकाे बताउनुभयाे । 

 

गाउँपालिका अध्यक्ष रुक्मागत भट्टराईले आगलागी प्रभावित परिवारलाई चामल, दाल, तेल, नुन, लत्ताकपडा र त्रिपाल जस्ता राहत सामग्री उपलब्ध गराउनु भएको छ । राहत वितरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले स्थानीय सरकारको तर्फबाट पीडितलाई प्रारम्भिक राहत दिइएको बताउनुभयो । आगलागी पीडित परिवारहरूको पुनःस्थापना र घर निर्माणको विषयमा गाउँपालिकाले गंभीर पहल थाल्ने बताउनुभयो । वडा अध्यक्ष प्रदीप पौडेलले भने, " टिनको व्यवस्था गरेर पीडित परिवारका लागि घरबास बनाउने कार्यकाे शुरूवात गर्ने बताउनुभएको छ । यसका साथै, प्रहरीसँग सहकार्य गरि मुजुल्का तयारी गरि घरहरू छिटो बनाइने बताउनुभयो ।

 

आगलागीका पीडितहरूको दैनिकीमा सुधार ल्याउन र स्थायी पुनःस्थापना गर्नका लागि स्थानीय सरकार, संघसंस्था र अन्य सहयोगी पक्षहरूको सक्रियता आवश्यक छ । रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष रुक्मागत भट्टराईको पहल र स्थानीय समुदायका सदस्यहरूको सक्रिय सहयोगले निश्चित रूपमा पीडितहरूको जीवनलाई पुनः उत्साही बनाउन मद्दत पुर्याउने छ ।

Comments