रैनादेबी छहरामा माघ ८ गते देखी १० गते सम्म पाचौं राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता हुने !

पाल्पा- पश्चिम पाल्पाको रैनादेबी छहरा गाउँपालिका वडा न ४ कटाैजे पानी खेल मैदानमा माघ ८ गते देखी १० गते सम्म पाचौं राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता हुने २०८० हुने भएको छ । गाउँपालिकाले स्वास्थ्यका लागि खेलकुद .राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ पाँचौ रैनादेबी छ्हरा गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियाेगिता  सञ्चालन गर्न लागेको जनाएको छ । 



प्रतियाेगितामा पालिका अन्तर्गतका बिधालयहरुका विद्यार्थीहरुलाई सहभागी गराई छिट्टै सञ्चालन हुन गइरहेको   जिल्ला,प्रदेश र संघीय रास्ट्रपति रनिङ्ग सिल्ड प्रतियाेगितामा विद्यार्थीहरूलाई सहभागी गराउने उधेश्यले गाउँपालिका स्तरीय रनिङ्ग सिल्ड प्रतियाेगिताकाे आयाेजना गर्न लागिएको  गाउँपालिकाका खेलकुद विकास समितिका संयाेजक नारायण कार्कीले जानकारी दिनुभयाे ।  

 

गाउँपालिका अध्यक्ष रूक्मागत भट्टराईले खेलाडी र खेलकुद क्षेत्रको बृद्धि विकासका लागि पाँचाै पटक राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताले महाेत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो । प्रतियाेगिताले स्थानीय स्तरमा रहेका खेलाडीहरूकाे पहिचान हुनुकाे साथै राष्ट्रिय खेलाडीहरूकाे उत्पादनमा टेवा पुग्ने बताउनुभयो । 



 गाउँपालिकाकाे कार्यालयमा शुक्रबार बसेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिको बैठकले ३ दिन प्रतियोगिता आयोजना गर्ने र पालिका भित्रका सबै विद्यालयलाई सहभागी गराउने गरी प्रोत्साहन गर्ने निर्णय समेत गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद तिमिल्सिनाले जानकारी दिनुभयाे ।



राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका बमोजिम आयोजना गरिने प्रतियोगितामा कबड्डी, पुरूष भलिबल,महिला भलिबल ,रिले दाैड प्रतियाेगिता सञ्चालन गरिने पालिकाका खेलकुद विकास समितिका संयाेजक कार्कीले भैरब प्रेस डट कमलाई जानकारी दिनुभयो ।

Comments