रैनादेबी छहरामा जनप्रतिनिधि र कर्मचारीकाे क्षमता विकास सम्बन्धि दुई दिने तालिम शुभारम्भ

पाल्पा- पश्चिम पाल्पाको रैनादेबी छहरा गाउँपालिकाले जनप्रतिनिधि र कर्मचारीकाे क्षमता विकास सम्बन्धि दुई दिने तालिम शुभारम्भ गरेको छ । गाउँपालिकाले जनप्रतिनिधि तथा कर्मचारीहरूकाे काम,कर्तव्य,अधिकार रसुशासन,कर्मचारीकाे क्षमता अभिवृद्धि,विज्ञ सुशासन तथा पञ्चिकरण क्षमता विकासका गर्ने उधेश्यले २ दिने तालिम शुरू गरेको हाे । तालिम १६ र १७ गते हुनेछ । तालिमकाे उद्घाटन रैनादेबी छहरा गाउँपालिकाका अध्यक्ष रूक्मागत भट्टराईले उद्घाटन गर्नुभएको हाे । 

 

कार्यक्रममा गाउँपालिका अध्यक्ष भट्टराईले  कर्मचारीहरुको दक्षता क्षमता र सेवा सहजतालाई दिगो बनाउन यस्ता तालिमले ठुलो योगदान दिने बताउनुभयो । तालिमले कर्मचारीहरुमा उत्प्रेरणा तथा पुनर्ताजगी दिने बताउनुभयो। उहाँले सिकेका कुरा व्यवहारमा लागु गर्न सके देश र जनताको लागि सहजता हुने समेत बताउनुभयो । 

 

तालिमकाे प्रशिक्षकहरू संविधान विज्ञ,प्रशासन विज्ञ तथा  नेपाल सरकार विशिष्ट श्रेणीका व्यक्तित्व कासिराज दाहाल,प्रशासन विज्ञ जित बहादुर मदै,मालपाेत कार्यालय पाल्पाका प्रमुख लगाएतले प्रशिक्षण दिनुहुनेछ ।

 

तालिममा गाउँपालिकाका ८ वटै वडाका जनप्रतिनिधि र कर्मचारीहरूकाे उपस्थिति रहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो । कार्यक्रम गाउँपालिका उपाध्यक्ष युवराज थापाकाे शुभकामना मन्तव्य,प्रमुख प्रशासकृय अधिकृत कृष्ण प्रसाद तिमिल्सिनाकाे स्वागत तथा  गाउँपालिकाका लेखा अधिकृत लिलामणि बस्यालकाे सञ्चालन सम्पन्न भएको थियाे ।

Comments