रैनादेबी छहरामा चलेको अध्यक्ष कप भलिबलको उपाधी रामपुर नगरपालिकालाई
पाल्पाको रैनादेबी छहरा गाउँपालिकामा चैत्र ५ गते देखी सञ्चालन भएको अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिता आज सम्पन्न भएको छ । पाल्पाका १० वटै स्थानीय तह सहभागी भएको अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधी रामपुरनगर पालिकाले हात पारेको छ । आज सम्पन्न फाइनल खेलमामा रम्भा गाउँपालिकालाई ३–२ सेटले पछि पार्दै रामपुर नगरपालिकाले उपाधि हात पारेको थियो ।रामपुर नगरपालिका संग फाईनल खेलेको रम्भा गाउँपालिकाले भने दोस्रो स्थानमा चिच्त बुझाएको छ ।रामपुर संग निकै प्रतिस्प्रधामा खेलेको रम्भा गाउँपालिकाले ५ सेटको खेलमा २ सेट आफ्नो पक्षमा पारेर दोस्रो स्थानमा पर्न सफल भएको छ ।
खेलमा तेस्रो स्थानको लागि भएको खेलमा पूर्वखोलाले रैनादेवी छहरा गाउँपालिकालाई ३–१ सेटले जितेको छ ।भने रैनादेवी छहराले २५–१७ अन्त्रमा सान्तवना सेट जितेको रैनादेवी छहरा युवा तथा खेलकुद समितिका अध्यक्ष नारायण कार्कीले जानकारी दिनुभयो । प्रतियोगितामा पहिलो हुनेले ७५ हजार, दोस्रोले ४५ हजार, तेस्रोले ३० हजार र सान्तवनाले १५ हजार नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो । खेल अवधिभर उत्कृष्ट स्पाइकर रम्भाका यम आले, उत्कृष्ट सेटर रामपुरका अमृत गाहा, उत्कृष्ट डिफेन्डर रम्भाका तुलसा बाकाबल, उत्कृष्ट ब्लकर रामपुरका दिपेन्द्र आले, उत्कृष्ट खेलाडी रामपुरका सन्दीप थापा भए भने उत्कृष्ट कोच रम्भाका चिरन फाल भएको रैनादेवी छहरा खेलकुद विकास समितिका सदस्य सचिव जीवन रानाले जानकारी दिनुभयो ।
विजयी तथा उपविजयी खेलाडीलाई लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ति मगर, रैनादेवी छहरा गाउ“पालिकाका उपाध्यक्ष युवराज थापा, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद तिमिल्सेना, प्रवक्ता देवेन्द्र पुन लगायतले शुभकामना दिदै युवालाई अनुशासित बनाउन खेलकुदको माध्यमबाट सहयोग पुग्ने बताएका थिय । समापन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष रुक्मागत भटराईले गाउँपालिकाले खेलकुद पर्यटनको माध्यमबाट आन्तरिक पर्यटन प्रवर्द्वन गर्न खेलाडीहरूको शारीरिक एवम मानसिक वृद्धि विकास गर्न,र खेलाडीहरूको प्रतिभा पहिचान गर्न, समग्र पाल्पा जिल्लालाई राष्ट्रसामु खेलको माध्यमबाट परिचित बनाउन,अन्य स्थानीय तहहरूबिच आपसी समधुर सम्बन्ध बनाउने हेतुका प्रतियोगिता आयोजना गरेको बताउनु भयो ।
प्रतियोगितामा राष्टिय स्तरका रेफ्री देब बहादुर गाहा प्रदेश नारायण सारु,दिल बहादुर गाहा लगाएतका रेफ्रीहरुले खेल सन्चालन गरेका थिय । समापन कार्यक्रममा राजनिति दल स्थानीय जनप्रतिनिधि र खेल संग सम्बन्धीत ब्याक्तीहरुको बाक्लो उपस्थीत रहेका थियो ।








































Comments