रैनादेबी छहरा गाउँपालिकामा शुरू भयो दादुरा रूबेला खोप अभियान
पाल्पा-पश्चिम पाल्पाकाे रैनादेबी छहरा गाउँपालिकामा दादुरा रुबेलाविरुद्धको खोप अभियान शुरु भएको छ । आइतबार गाउँपालिकाकाे वडा न ४ स्थित मेहलढापकाे सामुदायिक स्वास्थ्य ईकाईमा रैनादेबी छहरा गाउँपालिका अध्यक्ष रूक्मागत भट्टराईले खाेप लगाउन आउनु भएका बालबालिकाहरूका अभिभावकहरूलाई खाेप कार्ड हस्तान्तरण गरी खोप अभियान शुरु भएको घोषणा गर्नु भएको हाे ।
उहाले यो अभियानमा ९ महिनादेखि १५ वर्षभित्रका कोहीपनि बालबालिकाहरु खोप लगाउनबाट बञ्चित हुन नहुने बताउनुभयाे । उहाले पालिकाभित्रका बालबालिकालाई खोप लगाउनबाट नछुट्ने गरी अभियान सञ्चालन गर्न र व्यापक प्रचार प्रसार गर्नका लागि आग्रह गर्नुभयाे । उहाले कतिपय ठाउँमा दादुराको महामारी देखिएको बताउँदै खोप लगाउनबाट एकजना बालबालिका पनि छुट्न नहुनेमा जोड दिनुभयाे ।
गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जीवन रानाले खोप लगाउनका लागि विद्यार्थी, अभिभावक र शिक्षकहरुले विशेष चासो दिएर खोपकेन्द्रसम्म ल्याउनका लागि आग्रह गर्नुभयाे । गाउँपालिकाका करिब २२ सय बालबालिकालाई खोप लगाइनेछ । जसका लागि गाउँपालिकाकाे ८ वटा वडाका ३३ वटा खोप केन्द्र तोकिएका छन् भने १६ जना स्वास्थ्यकर्मी परिचालन गरिएको स्वास्थ्य शाखा प्रमुख रानाले बताउनुभयो ।








































Comments