रैनादेबी छहरा गाउँपालिकालाई प्रविधि मैत्री बनाउदै छाै । ;अध्यक्ष भट्टराई
पाल्पाको रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष रूक्मागत भट्टराई गाउँपालिकालाई प्रविधि मैत्रि पालिका बनाउन रैनादेवी छहरा नामको आफ्नो मोबाइल एप्लिकेशनको सुरुवात गरेको बताउनुभएकाे छ । साेमबार एन्ड्रोइड प्ल्याटफर्ममा आधारित यो एप्लिकेशनको एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष भट्टराईले शुभारम्भ गर्नु भएको हाे । मोबाइल एप्लिकेशन सुरुवात गदै पालिका अध्यक्ष भटराईले स्थानीय तहमा सूचना प्रविधिको प्रयोगले सेवाग्राही तथा प्रदायक दुवै पक्षले जानकारी लिन सकिने गरि एप्लिकेसन प्रयाेगमा ल्याएको बताउनुभयो । स्थानीय तहलाई पारदर्शी र जनउत्तरदायी बनाउने र सूचना प्रविधिको क्षेत्रमा बढ्दै गएको पहुँच सँगै स्थानीय तहको सेवा प्रभावकारी बनाउन गाउँपालिकाले नयाँ कार्यकाे प्रारम्भ गरेको बताउनुभयो । यश एप्लिकेसनकाे माध्यमबाट सेवाग्राहीले सहज र सरल रूपमा छिटो छरितो पालिकाका गतिविधिका बारेमा जानकारी लिन सकिने बताउनुभयो ।
मोबाइल एप्लिकेशन मार्फत गाउँपालिका तथा वडाका सम्पूर्ण सूचना, जानकारी प्राप्त गर्न अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृत, शाखा प्रमुखहरूलाई प्रत्यक्ष रूपमा सुझाव र गुनासो राख्न सकिने ,प्रहरी, एम्बुलेन्स सम्बन्धी जानकारी तथा सम्पर्क समावेश गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद तिमिल्सेनाले जानकारी दिनुभयो । यस सँगै गाउँपालिकाको प्रवेशद्वारमा क्विक रेस्पोन्स क्युआर कोड राखि सेवाग्राहीहरूलाई कार्यालयका शाखाहरूको विवरण कोठा नं, प्रदान गरिने सेवा, कर्मचारीहरूको विवरण आदि प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको गाउँपालिकाले जनाएको छ ।
एप मार्फत गाउँपालिकाका सम्पूर्ण सूचना, जानकारीहरू, जनप्रतिनिधि तथा कर्मचारीहरूको विवरण प्राप्त गर्न सकिने गाउँपालिकाका सुचना अधिकृत नारायण मल्लले बताउनुभयो । यस एप मार्फत गाउँपालिकाबाट प्रदान गरिने सेवाहरूलाई सूचना प्रविधि मैत्री बनाई अनलाइन माध्यमबाट सेवा प्रवाह हुने गरी विस्तार गरिने छ । भने एक हप्तापछि गुगल प्ले स्टोरमा उपलब्ध हुने गाउँपालिकाका सुचना अधिकृत मल्लले जानकारी दिनुभयो ।








































Comments