रैनादेबी छहरा गाउँपालिकाले शुरू गर्यो गाउँ गाउँमा एकीकृत घुम्ती शिविर
पाल्पा-रैनादेबी छहरा गाउँपालिकाले गाउँ गाउँमा एकीकृत घुम्ती शिविर शुरू गरेको छ । गाउँपालिकाले पालिकाका नागरिकहरूको सहजतालाई मध्ये नजर गरि गाउँ गाउँमै पुगी सामाजिक सुरक्षा भत्ता नवीकरण, अपाङ्गता परिचयपत्र पत्र नवीकरण, दीर्घ रोगी भत्ता नवीकरण, गरिब परिवार परिचयपत्र वितरण तथा व्यवसाय दर्ता तथा नवीकरण लगायतका सेवाहरू सहित एकीकृत घुम्ति शिविर शुरू गरेको हो । बिहिवार एक कार्यक्रमकाबिच प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष रुक्माङ्गत भट्टराईले शिविरको शुभारम्भ गरे ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष भट्टराईले नागरिकहरू पालिकाबाट प्रवाह हुने सेवाका लागि लामो दूरी हिँडेर पालिका आउनुपर्ने अवस्थाको सहजीकरणका लागि घुम्ती शिविर आयोजना गरिएको बताए । ससानो कामका लागि पालिकाको कार्यालयमा नै पुग्नुपर्ने बाध्यतामा रहेका नागरिकको सुविधाका लागि गाउँ गाउँमै पुगेर एकीकृत घुम्ती शिविर सञ्चालन गर्ने कार्य शुरूवात गरेको बताए । पालिकाले “दूरदराजका जनताको दैनिकीलाई सहज तथा पालिकाले प्रदान गर्ने सेवालाई प्रभावकारी बनाउन घुम्ती शिविर सुरु गरेका हौँ ।” उनले भने,
कार्यक्रम गाउँपालिकाका उपाध्यक्ष तथा अपाङ्गता परिचयपत्र वितरण समन्वय समितिका संयोजकर गरिब घर पहिचान परिचयपत्र वितरण सम्बन्धी अनुगमन तथा सहजीकरण समितिका संयोजक युवराज थापाको अध्यक्षता, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद तिमिल्सिना, प्रवक्ता तथा ७ नं वडाका वडाध्यक्ष देवेन्द्र पुन, ८ नं वडाका वडाध्यक्ष रेम बहादुर रानाको आतिथ्यतामा सञ्चालन भएको थियो ।
शिविरमा १०५ जनाको सामाजिक सुरक्षा भत्ता नवीकरण, १५ जनाको अपाङ्गता परिचयपत्र नवीकरण, ४ जनाको दीर्घ रोगी भत्ता नवीकरण, ६८ वटा गरिब परिचयपत्र वितरण, ७ वटा व्यवसाय दर्ता तथा २४ वटा नवीकरण गरिएको छ । शिविर साउन ११ गते ७ नं वडा र साउन १२ गते ६ नं वडामा सञ्चालन हुनेछ ।








































Comments