रैनादेबी छहरा गाउँपालिकाले प्रकाशन गरेको वि.सं. २०८१ सालको भित्ते पात्रो विमोचन
पाल्पा- जिल्लाकाे रैनादेबी छहरा गाउँपालिकाले प्रकाशन गरेको वि.सं. २०८१ सालको भित्ते पात्रो विमोचन गरिएको छ । पात्राे गाउँपालिका अध्यक्ष रुक्माङ्गत भट्टराई र उपाध्यक्ष युवराज थापाले एक कार्यक्रमकाबीच विमोचन गर्नु भएको हाे ।
पात्राे विमाेचन कार्यक्रममा गाउँपालिका अध्यक्ष रूक्मागत भट्टराईले नयाँ बर्षले नयाँ उत्साह सहित सबैकाे जीवनमा नयाँ जाेस र जागर सहित रचनात्मक काम गर्न सकियोस् भनी शुभकामना व्यक्त गर्नु भयाे ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद तिमिल्सिना, प्रवक्ता देवेन्द्र पुन, वडाध्यक्षहरू, कार्यपालिकाका सदस्यहरू, कार्यालयमा कार्यरत कर्मचारीहरूको उपस्थिति रहेको थियो ।








































Comments