रैनादेबी छहरा गाउँपालिकाले नीति, कार्यक्रम तथा बजेट निर्माण सम्बन्धमा सुझाव सङ्कलन
रैनादेवी छहरा गाउँपालिकाको आर्थिक वर्ष २०८१/८२ को नीति, कार्यक्रम तथा बजेट निर्माण सम्बन्धमा सुझाव सङ्कलन कार्यक्रम गाउँपालिकाका अध्यक्ष रुक्माङ्गत भट्टराईको अध्यक्षतामा सञ्चालन भएको छ । गाउँपालिकाले आगामी आ.व.को नीति, कार्यक्रम र बजेटलाई जनमुखी, प्रतिफलमुखी र सहभागीतामूलक बनाई जनअपेक्षा सम्बोधन गर्न सम्पूर्ण राजनीतिक दल, बुद्धिजीवी, संघ-संस्था, निवर्तमान जनप्रतिनिधिज्यूहरू, उद्यमी, व्यवसायी, समाजसेवी, पेशाकर्मी, संचारकर्मी एवम् सरोकारवाला सबैको सुझाव सङ्कलन गरेको छ ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष रुक्माङ्गत भट्टराई, उपाध्यक्ष युवराज थापा, जि.स.स. सदस्य विष्णु घिमिरे, वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, कर्कोमचारीहरू लगायतको उपस्थितिमा सामाजिक अभियान्ता राम कार्की, डा. रामबहादुर राउत, राजनीतिक दलका प्रमुख/प्रतिनिधिहरू, सहकारी संस्थाका अध्यक्षहरू, सामुदायिक वन महासंघका पालिकास्तरीय अध्यक्ष, आदिबासी जनजाति महासंघका अध्यक्ष, शिक्षक संघ/संगठनका प्रमुखहरू, महिला, दलित समन्वय समितिका प्रतिनिधिहरू लगायत सरोकारवालाहरुले निति तथा कार्यक्रम निर्माणका सन्दर्भमा सुझाव दिनुभएको थियो ।
गाउँपालिका अध्यक्ष र उपाध्यक्षले प्राप्त सुझावहरूलाई समेटेर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तर्जुमा गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । कार्यक्रम सञ्चालन प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद तिमिल्सिनाले गर्नुभएको थियो ।








































Comments