रैनादेबी छहरा गाउँपालिकाले ज्येष्ठ नागरिकलाई कम्बल वितरण

पश्चिम पाल्पाको रैनादेबी छहरा गाउँपालिका वडा न १ र वडा न २ का ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरिएको छ । शनिबार गाउँपालिकाले वडा कार्यालयमा नै पुगी कम्बल वितरण गरेको हो । गाउँपालिकाले वडा न १ सिदेश्वरका ९९ जना र वडा न २ साेमादीका करिब ९० जना जेष्ठ नागरिकलाई कम्बल वितरण गरेको हो ।

 

निरन्तर चिसो बढिरहेको र चिसाेकाे समयमा जेष्ठ नागरिकहरू  प्रभावित हुने भएकोले वृद्धवृद्धाका समस्यालाई मध्यनजर गर्दै अध्यक्षसँग जनता कार्यक्रम अन्तर्गत ७५ बर्ष भन्दा माथिका जेष्ठ नागरिकहरूलाई कम्बल वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद तिमिल्सिनाले बताउनुभयाे ।

 

ज्येष्ठ नागरिकप्रति सम्मान गर्ने संस्कार बसाल्न जाडोमा कम्बल वितरण गरेका हौं’,गाउँपालिका अध्यक्ष रूक्मागत भट्टराईले बताउनुभयो । ज्येष्ठ नागरिकको सम्मानका लागि वर्षमा एकपटक यस्ता कार्यक्रम सञ्चालन गरिने उहाले बताउनुभयो । गाउँपालिकाले पालिकाका ८ वटै वडामा पुगी कम्बल वितरण गरिने बताउनुभयो । 

 

गाउँपालिकाका उपाध्यक्ष युवराज थापाले गाउँपालिकाले जेष्ठ नागरिकहरूलाई मध्ये नजर गरि कम्बल वितरण कार्यक्रम सञ्चालन गरेको बताउनुभयाे । जिउँदो इतिहासका रुपमा रहेका जेष्ठ नागरिकलाई चिसोमा न्यानो कपडा स्वरूप कम्बल वितरण गरि चिसोबाट जोगिन र स्थानीय सरकार रहेको अनुभूति दिलाउने लक्ष्यले सम्मान गरिएकाे बताउनुभयो । 

 

ज्येष्ठ नागरिकका लागि स्थानीय सरकार भरोसा बन्दै गएको गाउँपालिकाका लेखा अधिकृत लिलामणि बस्याल बताउँनुहुन्छ । पछिल्ला दिनमा चिसाे बढ्दै गएको परिस्थितिमा जेष्ठ नागरिकहरूलाई न्यानाे कपडा वितरण गरिएको बताउनुभयो । आइतबार वडा न ३ र ५ मा वितरण गरिने लेखा अधिकृत बस्यालले बताउनुभयाे । 

 

कम्बल पाएपछि वडा न १ सिदेश्वरका राम बहादुर पल्लीले पालिकाको सम्मानबाट खुसी भएको बताउनुभयाे । सरकारले जाडोमा न्यानो कम्बल दिएर पुण्य कर्म गर्‍यो उहाले बताउनुभयो । कार्यक्रममा वडा न १ सिदेश्वरका वडा अध्यक्ष साेम बहादुर दर्लामी,वडा न २ का वडा अध्यक्ष दान बहादुर पाैडेले लगाएत कार्यपालिका सदस्य,वडा सदस्यहरूकाे उपस्थिति रहेको थियाे । गाउँपालिकाले पालिकाका ८ वटै वडामा अध्यक्षसँग जेष्ठ नागरिक कार्यक्रम अन्तर्गत कम्बलन वितरण शुरू गरिरहेकाे छ ।

Comments