रैनादेबी छहरा गाउँपालिकाले हावाहुरी र असिनाले क्षति गरेका घर परिवारलाई तत्कालका लागि त्रिपाल प्रदान
पाल्पा- पश्चिम पाल्पाकाे रैनादेबी छहरा गाउँपालिकाले हावाहुरी र असिनाले क्षति गरेका घर परिवारलाई तत्कालका लागि त्रिपाल हस्तान्तरण गरेको छ । गाउँपालिकाका प्रवक्ता
एवम गाउँपालिकाका कार्यवाहक अध्यक्ष देवेन्द्र पुन,वडा न ३ का वडाध्यक्ष प्रदिप पौडेल, जिन्सी शाखा प्रमुख प्रकाश के.सी. लगाएतकाे नेतृत्वमा हावाहुरी र असिनाले क्षति गरेका घर परिवारकाे अनुगमन समेत गरिएको छ ।
चैत्र १७ गते शनिबारको हावा हुरी सहितको असिना पानीले भाैतिक लगाएत तरकारी, लहरेवाली, टनेल तरकारी खेती, टमाटर र सुन्तला खेतीमा करौडौ रुपैयाँको क्षति हुदा कृषकहरू चिन्तित भएका छन । गाउँपालिका अध्यक्ष रूक्मागत भट्टराईले शनिबार हावाहुरी र असिना पानीले क्षति पुगेकाहरूलाई मूल्याङ्कन गरी सक्दो राहात प्रदान गर्ने बताएका छन ।
असिना पानीले आधा सुन्तलालाई क्षति पुर्याएकाे बताए । हावा र असिना पानीकाे कारण काक्रा,बाेडि,सिमि,टनेलमा समेत क्षति पुगेको बताए । गाउँपालिकाले पालिकाका ८ वटै वडामा भएका क्षतिकाे संकलन गरिरहेकाे बताउदै कृषकहरूलाई मुल्यांकनका आधारमा पालिकाबाट सक्दाे राहत प्रदान गर्ने बताए । साथै कृषकहरूलाई नआतिन र धैर्य गरि बस्न आग्रह गरेका छन ।
गाउँपालिकाका प्रवक्ता एवम गाउँपालिकाका कार्यवाहक अध्यक्ष देवेन्द्र पुनले हावा र असिना पानीले क्षति पुगेका घरहरूकाे अवलोकन गरिएको बताए । बढि क्षति पुगेका घर परिवारलाई तत्कालका लागि त्रिपाल लगाएतका सामाग्री वितरण गरेका छाै । अहिले पालिकाका ८ वटै वडामा भएमा क्षतिहरूकाे तथ्यांक पनि संकलन गरिरहेकाे बताए । पालिका अध्यक्षकाे बिशेष कामले बाहिर भएका कारण अध्यक्षकाे आगमन भए पश्चिम आपतकालिन बैठक बसि क्षति पुगेका घरपरिवारलाई राहत प्रदान गर्ने बताए ।
शनिबारकाे हावा र असिना पानीले पाल्पाको रैनादेबी छहरा गाउँपालिका लगाएत रिब्दीकाेट, बगनासकाली, तानसेन नगरपालिका र पुर्वखोला गाउँपालिकामा पनि सबैभन्दा बढी नोक्सानी सुन्तला खेतीमा भएको छ। अत्यधिक असिना परेको कारण अधिकांश सेतै फूलेको फूल भुइँमा खसेको छ। यकिन क्षतिको विवरण संकलन भइरहेको पालिकाहरूले जनाएका छन्।








































Comments