रैनादेबी छहरा गाउँपलिकाले बाँदर पीडित किसानलाई गुलेली र मटेंग्रा उपहार

पाल्पाकाे रैनादेबी छहरा गाउँपालिकाले कृषकहरूलाई  गुलेली र मटेंग्रा निःशुल्क वितरण गरेको छ । बादरले कृषकहरूकाे बाली नालीलाई क्षति पुर्याएर पछि गाउँपालिकाले बाँदर पीडित किसानलाई गुलेली र मटेंग्रा निःशुल्क वितरण गरेको छ । गाउँपालिका अध्यक्ष रूक्मागत भट्टराईले कृषकहरुकाे बाली रक्षाकाे लागि वडा नं २ र ३ काे वडा अध्यक्षहरु मार्फत कृषकहरूलाई गुलेली वितरण गर्ने उधेश्यले एक कार्यक्रमका बिच गुलेली र मटेंग्रा हस्तान्तरण गरेका छन । 

 

गाउँपालिका अध्यक्ष भट्टराईले कृषकहरूकाे समस्यालाई मध्ये नजर गरि  गुलेली र मटेंग्रा दिइएको बताए । चुनौतीको रुपमा रहेको बाँदर नियन्त्रणका लागि केही हदसम्म भएपनि सहज बनाउन गुलेली र मटेंग्राले महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले भने‘ गुलेली देखाएर बाँदर भाग्ने गर्छन् । यसले केही भएपनि किसानको बाली नाली जोगाउन मद्दत गर्छ भन्ने बुझाई गाउँपालिकाकाे रहेको बताए । गाउँपालिकाले परिक्षणकाे रूपमा पहिलो चरणमा वडा न २ र ३ मा वितरण गरिएकाे बताए । गाउँपालिकाले गुलेली र मटेंग्रा वितरण प्रभावमारीताकाे आधारमा अन्य वडाहरूमा वितरणलाई निरन्तरता दिने बताए ।गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद तिमिल्सिनाले परम्परागत रुपमा बाँदर भगाउन प्रयोग गरिने गुलेलीले किसानलाई राहत पुग्नेमा विश्वास व्यक्त गरे । 

 

गाउँपालिकाका लेखा अधिकृत लिला मनि बस्यालले गाउँमा बाँदर आतंकका कारण समस्यामा परेका किसानलाई बाँदर धपाउन गुलेली र मटेंग्रा वितरण गरिएको बताए । यस कार्यक्रमले किसानका समस्या केही हद सम्म समाधान हुने अपेक्षा पालिकाकाे रहेको बताए । गुलेली र मटेंग्राको परम्परागत घरेलु हतियारका रुपमा प्रयोग गरिदैं आइएको छ । समस्याको समाधान परम्परागत रुपमा पनि गर्न सकिन्छ भन्ने मूल्य र मान्यतालाई आत्मसाथ गर्दै किसानलाई गुलेली वितरणको काम गरिनु आफैमा सकरात्मक रहेको वडा न ३ का वडा अध्यक्ष प्रदिप पाैडेलले बताए ।

Comments