रानीमहललाई प्रमुख आकर्षण गन्तव्य बनाउन अघि संरक्षण आवश्यकता छ । ;सभामुख घिमिरे

पाल्पा- रानीमहललाई प्रमुख आकर्षण गन्तव्य बनाउनु अघि  संरक्षण आवशयकता रहेको संघीय संसदका सभामुख देवराज घिमिरेले बताएका छन । शुक्रबार पर्यटकिय स्थल रानीमहल पुगेका सभामुख घिमिरेले उक्त कुरा बताएका हुन । 

 

रानीमहल क्षेत्र परिसरको अवलोकन गरिसकेपछि संघीय संसदका सभामुख घिमिरेले पर्यटकीय क्षेत्र रानीमहललाई प्रमुख आकर्षण गन्तव्य बनाउन यसको संरक्षण पहिलो भएको सुझाए । ‘यसअघि मैले संसद्मै पनि यस विषयमा माननीय गैरेबाट जानकारी पाइसकेको थिए,’ उनले भने, ‘अहिले पुनः यही स्थानमा आएर अवलोकन गर्ने मौका मिल्यो । अब प्रतिनिधिसभा र प्रदेशसभाको ध्यानाकर्षण हुनेछ ।’लुम्बिनी प्रदेशसभा सचिवालयले पाल्पाको तानसेनमा राखेको अन्तरव्यवस्थापिका भेलामा सहभागी हुन आएका सभामुख घिमिरेले कालीगण्डकी नदीले कटान गर्दै गरेको क्षेत्रका लागि सबै सरोकारवाला निकाय गम्भीर भएर संरक्षणमा जुट्न आग्रह गरे ।

 

कालीगण्डकी करिडोर, मुक्तिनाथ क्षेत्र, शालीग्राम लगायतले यो क्षेत्र प्रसिद्ध कमाएको र पर्यटकीय क्षेत्रका रुपमा विकास भएकाले प्रविधि प्रयोग गरेर भए पनि यसलाई जोगाउनु पहिलो दायित्व हुने उनले बताए । यस क्षेत्रको विकास गर्नका लागि थप पहल हुनुपर्ने सुझाव सभामुख घिमिरेको छ । ऐतिहासिक क्षेत्र भएकाले पर्यटनको विकास गर्न सहज भएको र रानीमहल उत्तरतर्फ फर्केको स्थानमा रहेकाले सभामुख घिमिरेले अध्ययन गर्ने क्षेत्रका रुपमा विकास गर्नुपर्ने बताए । नदीबाट यस क्षेत्रलाई बगाउने कुराको अन्त्यका लागि विभिन्न प्रविधि प्रयोग गरेरै भए पनि जोगाउन आग्रह गरे ।

रानीमहल पहिलो पटक आएका सभामुख घिमिरे यस क्षेत्रबाट आफू प्रभावित भएको बताए । ‘खोंचमा रहे पनि आइपुगिसकेपछि निकै आनन्दित बनायो,’ उनले भने, ‘यस क्षेत्रको विकासका लागि सबै सरोकारवाला निकायको ध्यानआकृष्ट हुनुपर्छ ।’ सभामुख घिमिरे, राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरेलगायत ६ प्रदेशका सभामुख, उपसभामुख, संघीय र प्रदेश सचिवलगायतलाई तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले पाल्पाली ढाका टोली, पछ्यौरीले स्वागत गरेका थिए ।

 

रानीमहलकाे संरक्षणमा सहयोग गर्ने योजना बनाउन संघीय संसद्का सभामुख घिमिरेको ध्यानाकर्षण समेत गराईएकाे  छ । संघीय सांसद ठाकुर गैरे, तानसेन नगरप्रमुख सन्तोषलाल श्रेष्ठलगायतले रानीमहल क्षेत्रको कालीगण्डकी नदी कटान र यसले पारेको प्रभावका विषयमा अवलोकनका लागि पुगेका सभामुख घिमिरेलाई ध्यानाकर्षण गराएका हुन् । 

 

कार्यक्रममा नगरउपप्रमुख प्रतिक्षा गाहा सिंजाली, प्रमुख प्रशासकीय अधिकृत हरिलाल नागिला, प्रवक्ता यादवसिंह कार्कीलगायतले रानीमहल क्षेत्रसम्मको सडक पूर्वाधार, कालीगण्डकी करिडोरको रानीमहलदेखि राम्दीलगायत रानीमहल क्षेत्र संरक्षणका लागि आग्रह गरेका थिए ।

 

वि स १९५० सालमा शिलान्यास गरी १९५४ सालमा कालिनदिको चट्टानमाथि पश्चिमी कला कौशलको बेजोड नमूनाले सिंगारेर बनाइएको छ नेपालको ताजमहल। यहि स्थानमा एक्लै रात बिताउँदा खड्ग समशेर कहिलेकहिले आफ्नी दिवंगत रानीलाई सम्झँदै भावविह्वल हुँदै मध्यरातमा रुँदै चिच्याउँथे भन्ने पनि गरिन्छ ।

 

वि स १९६० सालमा खड्ग समशेरले श्री ३ को पद र उपत्यका कब्जा गर्ने षड्यन्त्र ग-यो भन्ने श्री ३ चन्द्र समशेरले थाहा पाए। चन्द्र शमसेरले पाल्पामा सेना पठाइ तैनाथी आफ्नो हातमा लिए। आफूमाथि खतराको घण्टि बज्ने लक्षण देखा परेपछि सरकारी ढुकुटी लिएर उनी भारत पलायन भए। त्यसै दिनदेखि प्रेमको प्रतिक ठानिएको दरबार आजसम्म एक्लो अवस्थामा रहेको छ ।

Comments