रामपुरका कृषकहरुलाई अनुदानमा मकैको विउ

पाल्पा , रामपुर नगरपालिकाले कृषकहरुलाई उन्नत जातको पाल्पा , रामपुर नगरपालिकाले कृषकहरुलाई उन्नत जातको मकैको विउ वितरण गरेको छ ।

नगरपालिकाले ५० प्रतिशत अनुदानमा मकैको विभिन्न जातका विउ कृषकहरुलाई वितरण गरेको हो । यो क्षेत्रको हावापानीमा उत्पादन हुने र कृषकको माग अनुसारका विभिन्न ३ जातका मकैको विउ वितरण गरेको हो । यस वर्ष धेरै समय खडेरी लागेको र पानी कम परेका कारण मकै उत्पादनमा ह्रास आएको र विउको अभावका कारण कृषकहरुको राहतका लागि मकैको विउ वितरण गरिएको रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले बताउनुभयो । खडेरीका कारण मकै उत्पादनमा कमी आएको र विउको सहजताका लागि कृषकहरुलाई अनुदानमा मकैको विउ वितरण गरिएको उहाँले बताउनुभयो । कृषि क्षेत्रको विकास र कृषि उत्पादनलाई वृद्धि गर्नका लागि नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्नुभयो ।  नगर प्रमुख थापाले विक्रि गर्ने गरि उत्पादन गर्न नसके पनि आत्मनिरर्भर हुने गरि कृषिजन्य बस्तुको उत्पादन गर्न आग्रह गर्नु भएको छ । साथै उहाँले नगरका हरेक बाँझो जमिनलाई उत्पादनमूलक जमिन बनाउन आवश्यक रहेको बताउनुभयो ।

कृषिकहरुलाई राहत र प्रोत्सहानका लागि नगरपालिकाले अनुदानका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको रामपुर नगरपालिकाका नगर प्रवक्ता कपिल बहादुर खाँणले बताउनुभयो । उहाँले मकैको उत्पादनमा वृद्धिका लागि नगरपालिकाले उन्नत जातको विउ वितरण गरेको बताउनु भएको छ । अहिले नगरपालिका भित्रका कृषक र कृषि सहकारी गरि ७ सय १२ जनालाई ८ हजार ८ सय २९ किलो मकैको विउ वितरण गरिएको कृषि शाखा प्रमुख नारायण प्रसाद गैरेले बताउनुभयो ।

कृषकहरुलाई मनकामना ३ , अरुण २ र रामपुर कम्पोजिट गरि ३ जातका मकैको विउ वितरण गरिएको उहाँले बताउनुभयो । रामपुर नगरपालिकाले खाद्यान्न बीउ ५० प्रतिशत अनुदानमा वितरण कार्यक्रम अन्तर्गत १५ लाख रुपैयाँ बराबरको विउ वितरण गरेको छ । यस भन्दा अगाडी नगरपालिकाले काउली ,बन्दा , र प्याजको वेर्ना , विभिन्न तरकारीको विउ पनि ५० प्रतिशत अनुदानमा वितरण गरेको थियो । विउ वितरण गरेको छ ।

नगरपालिकाले ५० प्रतिशत अनुदानमा मकैको विभिन्न जातका विउ कृषकहरुलाई वितरण गरेको हो । यो क्षेत्रको हावापानीमा उत्पादन हुने र कृषकको माग अनुसारका विभिन्न ३ जातका मकैको विउ वितरण गरेको हो । यस वर्ष धेरै समय खडेरी लागेको र पानी कम परेका कारण मकै उत्पादनमा ह्रास आएको र विउको अभावका कारण कृषकहरुको राहतका लागि मकैको विउ वितरण गरिएको रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले बताउनुभयो । खडेरीका कारण मकै उत्पादनमा कमी आएको र विउको सहजताका लागि कृषकहरुलाई अनुदानमा मकैको विउ वितरण गरिएको उहाँले बताउनुभयो । कृषि क्षेत्रको विकास र कृषि उत्पादनलाई वृद्धि गर्नका लागि नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्नुभयो ।  नगर प्रमुख थापाले विक्रि गर्ने गरि उत्पादन गर्न नसके पनि आत्मनिरर्भर हुने गरि कृषिजन्य बस्तुको उत्पादन गर्न आग्रह गर्नु भएको छ । साथै उहाँले नगरका हरेक बाँझो जमिनलाई उत्पादनमूलक जमिन बनाउन आवश्यक रहेको बताउनुभयो ।

कृषिकहरुलाई राहत र प्रोत्सहानका लागि नगरपालिकाले अनुदानका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको रामपुर नगरपालिकाका नगर प्रवक्ता कपिल बहादुर खाँणले बताउनुभयो । उहाँले मकैको उत्पादनमा वृद्धिका लागि नगरपालिकाले उन्नत जातको विउ वितरण गरेको बताउनु भएको छ । अहिले नगरपालिका भित्रका कृषक र कृषि सहकारी गरि ७ सय १२ जनालाई ८ हजार ८ सय २९ किलो मकैको विउ वितरण गरिएको कृषि शाखा प्रमुख नारायण प्रसाद गैरेले बताउनुभयो ।

कृषकहरुलाई मनकामना ३ , अरुण २ र रामपुर कम्पोजिट गरि ३ जातका मकैको विउ वितरण गरिएको उहाँले बताउनुभयो । रामपुर नगरपालिकाले खाद्यान्न बीउ ५० प्रतिशत अनुदानमा वितरण कार्यक्रम अन्तर्गत १५ लाख रुपैयाँ बराबरको विउ वितरण गरेको छ । यस भन्दा अगाडी नगरपालिकाले काउली ,बन्दा , र प्याजको वेर्ना , विभिन्न तरकारीको विउ पनि ५० प्रतिशत अनुदानमा वितरण गरेको थियो ।

Comments