रिब्दीकोटमा वित्तीय व्यवस्थापन सम्बन्धी १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न
पाल्पा- जिल्लाकाे रिब्दीकोट गाउँपालिकाको आयोजना एवम कोष तथा लेखा नियन्त्रक कार्यालय, पाल्पाको सहजिकरणमा सार्वजनिक वित्तीय व्यवस्थापन सम्बन्धी १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको हाे ।
कार्यक्रम प्रमुख प्रशासकिय अधिकृत मणि प्रसाद खनाल, पालिकाका ८ वटै वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, कार्यालयका कर्मचारीहरु, वडा सचिवहरु, वडा सदस्यहरु लगायत सम्बन्धित सरोकारवाला पक्षहरुको उपस्थितिमा रिब्दीकोटगाउँ कार्यपालिकाको कार्यालय खस्यौली पाल्पामा सम्पन्न भएको हाे ।
कार्यक्रमको सहजिकरण कोष तथा लेखा नियन्त्रक कार्यालय पाल्पाका प्रमुख शसिन्द्र खातीले गर्नुभएको थियो भने कार्यक्रमकाे सञ्चालन प्रशासन शाखा प्रमुख रुकलाल भट्टराईले गर्नुभएको थियो ।
कार्यक्रममा कोष तथा लेखा नियन्त्रक कार्यालय पाल्पाका प्रमुख खातीले स्थानीय सरकारको वित्तीय प्रणाली व्यवस्थित, पारदर्शी, विधिसम्मत र प्रभावकारी बनाउन साथै वित्त व्यवस्थापनका सम्भावित जोखिका क्षेत्रहरूको पहिचान गरी यसको लेखाजोखा गर्ने सम्बन्धि केन्द्रीत रहेर अभिमुखिकरण दिनुभएको थियाे । उहाँले विशेष गरि स्थानीय तहले आर्थिक शुसासनमा ध्यान दिन आवश्यक रहेको समेत बताउनुभएको थियो ।








































Comments