रिब्दीकाेटमा ४ सय ५४ घण्टे ढाका बुनाइ तालिम सम्पन्न
पाल्पा-"सीप सिकौं, स्वरोजगार बनाैं" भन्ने नाराका साथ घरेलु तथा साना उधाेग कार्यालय पाल्पा तानसेनको आयोजना एवं जलेश्वर बहुउद्देश्यीय सहकारी संस्था लि. बतासे, पाल्पाको समन्वयमा ४ सय ५४ घण्टे ढाका बुनाइ तालिम सम्पन्न भएको छ । समापन कार्यक्रमकाे उद्घाटन रिब्दीकाेट गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले गर्नु भएको हाे ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले तालिमले आर्थिक विकास,स्थानिय स्रोत र सीपको प्रयोगमा टेवा पुग्ने बताउनुभयाे । उहाले भन्नुभयाे "ढाका बुनाइ हाम्रो परम्परागत सीप हो । यसको संरक्षण र प्रवर्द्धनले हाम्रो संस्कृति बचाउन मात्र होइन, आर्थिक रूपमा आत्मनिर्भर बनाउने अवसर पनि प्रदान गर्ने बताउनुभयो । तालिमले स्थानिय महिलाहरूलाई आत्मनिर्भर बन्न प्रेरित गर्दै रोजगारीको नयाँ सम्भावना खोल्ने र आत्मनिर्भर पालिका निर्माणको दिशामा यो महत्वपूर्ण कदम हुने बताउनुभयो । गुणस्तरीय उत्पादन र बजारिकरणमा सिर्जनशीलता र आधुनिक शैलीको प्रयोगबाट ढाकालाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन सकिन्छ । यो तालिमले त्यही लक्ष्यमा सहयोग पुर्याउने विश्वास लिएको बताउनुभयो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीले तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न र स्वराेजगारकाे मार्गमा लाग्न सुझाब दिनुभयाे । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पोखरेलले ढाका बुनाइ तालिम लिइ आर्थिक सवलिकरणकाे माध्यमबाट आत्मनिर्भर हुने तर्फ तालिममा सहभागीहरूले ध्यान दिन आवश्यक रहेको बताउनुभयो । तालिम लिएर मात्र तालिमकाे औंचित्य पुरा नहुने तर तालिममा सिकेका कुरालाई व्यवहारिकतामा परिणत गर्न सके मात्र समृद्धि हासिल हुने भएकाले सहभागीहरूले ढाका व्यवसायकाे माध्यमबाट आत्मनिर्भर हुने गरि काम गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा रिब्दीकाेट गाउँपालिका वडा न. ७ का वडा अध्यक्ष दान बहादुर कुवँर लगायत सहकारी संस्थाका प्रतिनिधिहरुको आतिथ्यता तथा प्रशिक्षार्थीहरुको उपस्थितिमा रिब्दीकोट गाउँपालिका वडा न. ७ को अार इ डि ए भवनमा संचालन कार्यक्रम सम्पन्न भएको हाे ।








































Comments