रिब्दीकोटमा स्वास्थ्य चौकीकाे न्युनतम सेवा मापदण्ड सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

पाल्पाकाे रिब्दीकोट गाउँपालिकाको आयोजनामा स्वास्थ्य चौकी न्युनतम सेवा मापदण्डको अभिमुखिकरण, फलोअप तथा अनुगमन, समिक्षा र सुदृढीकरण कार्यक्रम सम्पन्न भएको छ ।  रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हाे ।

 

कार्यक्रममा अध्यक्ष कार्कीले स्वास्थ्य चौकीमार्फत नागरिकलाई गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवा पुर्‍याउनु पालिकाकाे साझा उद्देश्य रहेको बताउनुभयो । स्वास्थ्य चौकीहरूमा न्यूनतम सेवा मापदण्डलाई प्रभावकारी रूपमा लागू गर्नु सबैको दायित्व रहेको बताउनुभयो  । उहाले भन्नुभयाे "गाउँपालिकाको अध्यक्षको रूपमा, म विश्वास दिलाउन चाहन्छु कि हाम्रो पालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै आवश्यक जनशक्ति व्यवस्थापन, पूर्वाधार विकास, औषधि आपूर्ति, र प्रविधिको प्रयोगमा विशेष ध्यान दिएको छाै । यो कार्यक्रमले यी प्रयासहरूलाई अझ सुदृढ बनाउनेछ अध्यक्ष कार्कीले बताउनुभयो । अहिलेको समयमा स्थानीय तहको नेतृत्व र समुदायको सक्रिय सहभागिता नै सबैभन्दा महत्त्वपूर्ण पक्ष हो । यस कार्यक्रमबाट सबैले स्वास्थ्य सेवाको गुणस्तर र पहुँचलाई प्रभावकारी बनाउन सँगै काम गर्ने प्रतिबद्धता व्यक्त गर्न आवश्यक रहेको बताउनुभयो ।

 

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीको आतिथ्यता एवं पालिकाभित्रका स्वास्थ्य चौकी प्रमुखहरुको उपस्थितिमा रिब्दीकोट गाउँ कार्यपालिकाको कार्यालय खस्यौली, पाल्पामा कार्यक्रम  सम्पन्न भएको हाे । कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख  सुनिल अधिकारीले कार्यक्रमको उधेश्यमाथी प्रकाश पार्नुभएको थियाे भने स्वास्थ्य शाखा सि.अ.न.मि. कमला लाम्टाङेले संचालन गरि कार्यक्रम सम्पन्न भएको थियाे ।

Comments