रिब्दीकाेटमा सञ्चालन पाँचौ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियाेगिताकाे उपाधि आर्दश मावि देउरालीलाई

पाल्पा- जिल्लाकाे रिब्दीकाेट गाउँपालिकामा सञ्चालित ५ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियाेगिताकाे उपाधी वडा न २ काे आर्दश माध्यमिक विद्यालयले हात पारेका छ । प्रतियाेगितामा विद्यालयले १९ वटा पदक सहित प्रथम भएको हाे । जस्मा विद्यालयले १० वटा स्वर्ण,५ रजत र ४ कास्य पदक हासिल गरेकाे छ ।   माघ ७ गते देखि वडा न ५ काे नयाँटाेलामा सुरू भएको प्रतियाेगिता रिब्दीकाेट गाउँपालिका खस्याैली पाल्पाको आयाेजनामा भएको थियाे ।" स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद" भन्ने नाराका साथ सञ्चालन भएको प्रतियाेगिता रिब्दीकाेट गाउँपालिका युवा तथा खेलकुद विकास समितिका संयाेजक दिपक पचभाैयाकाे अध्यक्षतामा भएको हाे । 

 

प्रतियाेगितामा द्वितीय वडा न ८ काे ताल्तुङ्ग माध्यमिक विद्यालय भएका छन । जस्ले ५ स्वर्ण,२ रजत र १ कास्य  पदक हासिल गरेको छन । त्यस्तै तृतीयमा वडा न १ काे सारदा माध्यमिक विद्यालय भएका छन । जस्ले ४ स्वर्ण,३ रजत र ३ कास्य पदक हासिल गरेका छन । प्रतियाेगितामा प्रथम भएको आर्दश माध्यमिक विद्यालयले लगातार ३ बर्ष पालिका स्तरीय राष्ट्रपति रनिङ्ग सिल्डकाे उपाधीमा विजयी हासिल गरेकाले विद्यालयले राष्ट्रिय रनिङ्ग सिल्ड प्राप्त गरेका छन । प्रतियाेगितामा प्रथम,द्वितीय र तृतीय सँगै उत्कृष्ट भएका खेलाडीहरूलाई सिल्ड,मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । जस्मा प्रथम हुने आर्दश माध्यमिक विद्यालयले रूपैयाँ १५ हजार,सिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गरेका छन । त्यस्तै द्वितीय र तृतीय हुने क्रमश १२ हजार र ९ हजार सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएकाे गाउँपालिकाका शिक्षा शाखा प्रमुख मणि प्रसाद खनालले जानकारी दिनुभयाे । प्रतियाेगितामा नारायण माध्यमिक विद्यालयका छात्रा बिनिता बगाले र ताल्तुङ्ग माध्यमिक विद्यालयका दिलमाया बगाले वेस्ट प्लेयर भएका छन । भने वेस्ट लिफ्टर ताल्तुङ्ग माध्यमिक विद्यालयकै पुष्पा बगाले,उद्यमान खेलाडीमा भवानी माध्यमिक विद्यालयका दिपिका राना,वेस्ट सटरमा ज्ञानमाला माध्यमिक विद्यालयका बिना लम्तरी भएका छन । त्यस्तै छात्र तर्फ उद्यमान खेलाडीमा सरस्वती माविका अंकित छहरी,वेस्ट डिफेन्डरमा ताल्तुङ्ग माध्यमिक विद्यालयका चन्द्र छहरी,वेस्ट लिफ्टरमा कालिका माविका दिपक लम्तरी,वेस्ट सटरमा भाष्कर माविका शाेरभ राना,वेस्ट व्लकरमा कालिका माध्यमिक विद्यालयका दिलिप जंग छहरी र वेस्ट प्लेयरमा कालिका माध्यमिक विद्यालयका सुरज परियार भएका शिक्षा शाखा प्रमुख खनालले जानकारी दिनुभयाे । 




कार्यक्रमका प्रमुख अतिथि रिब्दीकाेट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले विद्यार्थीहरू राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियाेगितामा सहभागी हुन पाउनु शुअवसर रहेको बताउनुभयो । पालिका स्तरमा उपाधि हासिल गर्न सफल भएका विद्यालयले आगामी दिनमा जिल्ला,प्रदेश स्तरकाे प्रतियाेगितामा उत्कृष्ट खेल प्रदर्शन गरि अगाडि बढ्न अग्रिम शुभकामना व्यक्त गर्नुभयो । गाउँपालिकाले खेलकुदकाे क्षेत्रमा नयाँ आयामहरू थप्ने प्रयास गरेको बताउनुभयो । गाउँपालिकाले पालिका भित्रका खेल मैदानलाई स्तरीय बनाउन बजेट बिनियाेजना गरिएको बताउनुभयो । पालिकाले वडा न २ मा काैवल खेल मैदान निर्माण गरि प्रदेश स्तरकाे खेल गराउने गरि करिब १ कराेडमा खेल मैदान निर्माणकाे कार्य भइरहेको बताउनुभयो । त्यस्तै वडा न ७ मा प्रदेशकाे लगानीमा खेल मैदान निर्माण भइरहेको बताउदै खेल र खेलकुदकाे विकासकाे लागि गाउँपालिका सधै सकारात्मक रहेको बताउनुभयो । गाउँपालिकाले हरेक विद्यालयहरूमा खेल सम्बन्धि छुट्टै विशेष शिक्षककाे आवश्यकता रहेको महसुस गरेको बताउदै पालिकाले आगामी दिनमा यस तर्फ ध्यान दिने बताउनुभयो ।  विद्यालयहरुलाई खेलाडी उत्पादनमा पालिकाले पर्याप्त सहयोग गर्ने बताउँदै त्यसका लागि विधागत रुपमा खेल क्षेत्रमा विद्यार्थीको आकर्षण बढाउन आग्रह गर्नुभयो । शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्य भएको चर्चा गर्दै विद्यार्थीलाई यहाँका विद्यालयबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने दक्ष खेलाडी जन्माउने उद्देश्यले गाउँपालिका खेलकुदको विकासमा लागि रहेको बताउनुभयो ।

 

कार्यक्रममा बोल्दै गाउँपालिकाका प्रवक्ता प्रकाश रायमाझीले  खेल क्षेत्रको माध्यमबाट विद्यार्थीको प्रतिभा पहिचान गर्ने र सोही अनुसारको वातावरण तयार गर्ने काममा गाउँपालिकाले पर्याप्त चासो र लगानी गरेको बताउनुभयो । सबैकाे साथ र सहयोगले पाँचौ राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियाेगिता सफल भएकोमा सबैलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा बिजयी विद्यालयहरूले जिल्ला र प्रदेश स्तरका खेलमा उत्कृष्ट प्रदर्शन गरि पालिकाकाे नाम उचाे बनाउने गरि अगाडि बढ्न सकाेस भनी शुभकामना दिनुभयाे ।

 

राष्ट्रपति रनिङ्ग सिल्डका लागि पालिकाका १४ वटा माध्यमिक विद्यालयहरूकाे सहभागीमा २९ विधामा खेल खेलाइएकाे थियाे ।  ३ दिन सम्म भएको प्रतियाेगितामा पालिकाका ८ वटै वडाका विद्यालयहरूकाे सहभागीता रहेकाे थियाे  । प्रतियोगितामा पुरूष भलिबल,महिला भलिबल ,रिले दाैड प्रतियाेगिता सञ्चालन गरिएकाे थियाे । 

 

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकृय अधिकृत मदन अर्याल,वडा न २ का वडा अध्यक्ष ओम प्रकाश पाेखरेल,वडा न ३ का वडा अध्यक्ष नारायण केसी,वडा न ४ का वडा अध्यक्ष साेम कुमार कार्की,वडा न ७ का वडा अध्यक्ष दान बहादुर कुवर,वडा न ८ का वडा अध्यक्ष चुरा बहादुर छहरी,कार्यपालिका सदस्य गाेमा मगर,सुनिल बस्याल,कृषि शाखा प्रमुख रन्जिव कुवर लगाएतकाे उपस्थिति रहेको थियाे ।

 

कार्यक्रममा गाउँपालिकाका युवा तथा खेलकुद विकास समितिका संयाेजक एवम कार्यक्रमका अध्यक्ष दिपक पचभाैयाले प्रतियाेगितामा सहभागी विद्यालयहरूलाई धन्यवाद ज्ञापन गर्नुभयाे । आगामी दिनमा गाउँपालिकाले मात्र नभइ वडा कार्यालयहरूले पनि राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियाेगितालाई अझ सभ्य र भव्य रूपमा सम्पन्न गर्न बजेटकाे बिनियाेजना गर्न आग्रह गर्नु भएको छ । गाउँपालिकाले आगामी बर्ष अझ छुट्टै पहिचान दिने गरि रनिङ्ग सिल्डकाे प्रतियाेगिता सञ्चालन गर्ने याेजना रहेको बताउनुभयो ।

Comments