रिब्दीकाेटमा पाल्पा जिल्लाकै पहिलाे प्राङ्गारिक मल कारखाना बन्दै,अध्यक्ष कार्कीद्वारा शिलान्यास

तानसेन  ३ बैशाख 

रिव्दीकोट गाउँपालिकाको वडा नंं ५ को नयाँ टोलमा  जिल्लामै पहिलो प्राङ्गारिक मल कारखाना निमार्ण शुरु भएको छ । मल कारखानाको गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले  शिलन्यास गरेका छन । 

 

जलेश्वर बहुृउद्देश्यीय सहकारी संस्थाको व्यबस्थापनमा गाउँपालिकाको आर्थिक सहयोगमा मल कारखानाको पुर्वाधार निर्माणको काम शुरु भएको छ ।  पालिकाभरी सबै किसिमको कृषि उत्पादन बढाउन, बाझा भएका जमिनहरु लाई हराभरा बनाउन, स्वदेशमै रोजगारी सिर्जना गर्न, मानिस स्वस्थ निरोगी बनाउदै देशलाई आर्थिक रुपमा वलियो बनाउने अभियानका साथ पालिकाको प्रमुख सहयोगमा मल कारखाना संचालन गर्न लागिएको अध्यक्ष नारायण बहादुर कार्कीले जानकारी दिए । 

 

म बनाउछु मेरो रिव्दीकोट अभियान अन्तरगत पालिका भित्र मल कारखाना बनाउने तिव्र इच्छा थियो, जुन आज बाट शुरुवात भएको छ, यो असार मसान्त भित्र  काराखाना संचालनमा आउने र असार, साउन बाटै मल विक्रि गर्ने अभियानका साथ  काम दुर्त रुपमा गरिने पालिका अध्यक्ष कार्कीले बताए । मल कारखाना संचालन भएपछि पहिलो उत्पादन बजार पठाउदा सम्म ४५ लाख रुपैया खर्च हुने योजना रहेतापनी  पालिका बाट पहिलो चरणमा १५ लाख रुपैया विनियोजन गरेको, अन्य रकम सहकारीले व्यबस्थापन गर्ने अध्यक्ष कार्कीले बताए । 

 

कारखाना स्थल पुगेकी पालिका उपाध्यक्ष कान्ता अधिकारीले अहिले रासायनिक तथा जैविक कुनै पनि मल किसानले भनेको समय नपाउदा प्रयाप्तमात्रामा उत्पादन नभएको अवस्थामा अर्गानिक उत्पादनको लागी पालिकाले जैविक  मल कारखाना संचालन गर्न लागेको बताईन । अहिले व्यवसायिक कृषि गर्न खोजेपनि मलको अभाव भईरहेको अवस्थामा मल कारखाना संचालनले ठुलो राहत मिल्ने उपाध्यक्ष अधिकारीले बताईन । 

 

  प्रमुख प्रशासकीय अधिकृत मणी प्रसाद खनालले रिव्दीकोटको पहिचान नै कृषि हो, यहाँको अकवरे खुर्सानी, सुन्तला, अदुवा बेसार जनता माझ लोकप्रिय छ , कृषि उत्पादन लाई स्वस्थ, गुणस्त बनाउन पालिकाले नै गत बर्ष देखी बजेट विनियोजन गरेको भएपनि यस बर्ष  देखी मल कारखाना कार्यान्वयनमा आएको बताए । मल कारखाना बाट यस क्षेत्रमा उत्पादन बृद्धि हुने, स्थानीयले रोजगारी पाउने, प्रमुख प्रशासकीय अधिकृत खनालले बताए । पत्रकार यज्ञमुर्ति तिमिल्सीनाले जिल्लामै पहिलो पटक मल कारखाना संचालन हुन लागेकोले यसले जिल्लाभरीका किसानहरु लाई फाईदा पुग्ने बताए । 

 

प्राङ्गारिक मल कारखानाका विज्ञ यम बहादुर दर्लामीले हाम्रा खेतवारीमा अर्गानिक उत्पादन बढाउन, मानिस लाई स्वस्थ्य निरोगी बनाउन,  कृषि उत्पादन बढाउन, मरेको माटो लाई जगाउन, पाल्पामा पहिलो पटक प्राङ्गारिक मल कारखाना संचालन गर्न लागिएको बताए । सरकारले अरवौ रुपैयाको रासायनिक मल खरिद गरेको छ तर पनि चाहेजस्तो उत्पादन हुन सकेको छैन, सरकारले पैसा तिरेर रोग निम्ताई रहेको छ सोही रासायनिक मलकै कारण अरवौ रुपैया स्वास्थ्य क्षेत्रमा औषधी उपचार खचिर्नु पर्ने बाध्यता लाई क मगर्न यस्ता प्राङ्गारिक मल कारखानाले सहयोग पुग्ने विज्ञ दर्लामीले बताए । मल कालखाना बाट बार्षिक रुपमा २ सय ५० टन भन्दा जैविक मल उत्पादन गर्ने र विक्रि गर्ने योजना सहकारीको रहेको छ । 

 

सहकारीका अध्यक्ष नारायण बहादुर लामटाङ्गेका अध्यक्षता र सचिव कृष्ण बहादुर कुवँरको संचालनमा कार्यक्रम चलेको थियो ।  हाल ३ रोपनी क्षेत्रफल जग्गा लिजमा लिएर कारखाना संचालनमा ल्याएको बताए । कारखाना लाई दिगो रुपमा संचालनको लागी ५१ प्रतिशत सहकारी र ४९ प्रतिशत जनताको लगानी रहने सहकारीका अध्यक्ष लामटाङ्गेले बताए । मल कारखानामा गाईभैसीको गोवर, स्थानीय झारपात, खसेका पात पतिङ्ग, हरिया घास तथा सेउला लगायत स्थानीय कच्चा पदार्थको प्रयोग गरिने छ । मल कारखानाको माध्यम बाट पालिका भित्रका हजारौ रोपनी बाझा खेतवारी प्रयोगमा आउने विश्वार रिव्दीकोट गाउँपालिकाले गरेको छ ।

Comments