रिब्दीकोटमा पाचौं राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता हुने !
पाल्पा- जिल्लाकाे रिब्दीकाेट गाउँपालिकामा माघ ७ गते देखि ९ गते सम्म पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । गाउँपालिकाले पालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरि माघ ७ गते देखि उक्त प्रतियोगिता आयोजना गरिएको गाउँपालिका यूवा तथा खेलकुद बिकास समिती संयोजक दिपक थापा पचभैयाले जानकारी दिनुभयो । प्रतियाेगिता वडा नम्बर ५ को नयाँटोला खेलमैदानमा सन्चालन हुनेछ ।
गाउँपालिकाको कार्यालयमा बसेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिको बैठकले ३ दिन प्रतियोगिता आयोजना गर्ने र पालिका भित्रका सबै विद्यालयलाई सहभागी गराउने गरी प्रोत्साहन गर्ने निर्णय समेत गरेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख मणि प्रसाद खनालले बताउनुभयो ।
स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ पाचौं राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता सन्चालन गर्नको लागी गाउँपालिकामा रिब्दीकोट गाउँपालिका प्रवक्ता एवम वडा ६ का वडा अध्यक्ष प्रकाश रायमाझी , वडा न ३ का वडा अध्यक्ष नारायण बहादुर केसि , वडा न ५ का वडा अध्यक्ष मन बहादुर अस्लामी कार्यपालिका सदस्य गोमा थापा पचभैया लगायत सम्बन्धित सरोकारवाला पक्षहरुको उपस्थितिमा बैठक बसि खेलकुद व्यबस्थापन सम्बन्धी बृहत् छलफल तथा अन्तरकृया कार्यक्रम गरिएको गाउँपालिकाका रोजगार सहायक शिव पोखरेलले जानकारी दिनुभयो ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका बमोजिम आयोजना गरिने प्रतियोगितामा कबड्डी, भलिबल, रिले दाैड लगाएतका खेलकाे प्रतियाेगिता आयाेजना गरिने राेजगार सहायक पाेखरेलले बताउनुभयो ।








































Comments