रिब्दीकाेटमा नमुना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
पाल्पा- जिल्लाकाे रिब्दीकाेट गाउँपालिकाकाे आयोजना तथा राष्ट्रिय युवा परिषद्,सानाेठिमि भक्तपुरको सहयोगमा नमुना युवा संसद अभ्यास प्रस्तुति कार्यक्रम सम्पन्न भएको छ ।
चैत १८ गते देखि शुरू भएको नमुना युवा संसद अभ्यास कार्यक्रम चैत २१ गते प्रस्तुति कार्यक्रम सहित ४ दिने कार्यक्रम समापन भएको हो । नमुना संसदिय अभ्यासको पहलमा युवालाई देशको संविधान नियम कानून, संसदीय व्यवस्था र अनुशासन सिकाइ भविष्यमा असल नेतृत्व गर्न सक्षम जनशक्ति उत्पादन गर्नका लागि रिब्दीकाेटमा ४ दिने आवसिय नमूना युवा संसद अभ्यास कार्यक्रम संचालन भएको थियो ।
युवालाई व्यवस्थापिका कार्यपालिका र न्यायपालिकाको कार्य तथा अन्तरसम्बन्धको ज्ञान गराई असल संस्कार र सुझबुझपूर्ण व्यवहार सिकाउनका लागि यस कार्यक्रम सञ्चालन भएको हो । यस कार्यक्रममा १६ देखि २४ बर्ष उमेर समुहका ८ वटा वडाहरू बाट २८ जनाले सहभागिता जनाएका थिए । जसमा नमुना युवा संसद प्रशिक्षक तुल्सी राम न्याैपाने र सविता थापा क्षेत्रीले प्रशिक्षण दिनु भएको थियो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले कार्यक्रमले सहभागीहरुलाई नेपालका तिनैतहका सरकारहरू द्वारा कानुन निर्माण प्रक्रियाको क्रममा आउने ज्ञान तथा नेतृत्व तथा वाककलाको विकास हुने बताउनु भयाे । अभ्यास अन्तर्गत सहभागिहरुले पालिकाका युवा क्षेत्रका विद्यमान परिस्थितिहरुका विषय उठान गर्दै त्यस्को समाधानको लागि नमुना निति तथा कार्यक्रम र विधयेक तयार गरेकाे खुशी व्यक्त गर्नभयाे ।
नमुना युवा संसद मार्फत सहभागीहरूले विभिन्न समिति विच छलफल गर्दै प्रचलित गाउँ सभाको पुर्ण अभ्यास मार्फत पारित गरि कार्यक्रम समापन गरिएको दृश्य राेजक र ज्ञानमुलक रहेको बताउनुभयो । गाउँपालिका अध्यक्ष कार्कीले पालिकाकाे परिवर्तनकाे निम्ति युवाहरू आवश्यकता रहेको बताउनुभयो । युवाहरु नै भाेलीकाे भविष्य हाे भनाईलाई उदृत गर्दै युवाहरुमा लगानी गर्न आफू तत्पर रहेकाे बताउनुभयाे । साथै पालिकाकाे लागि आवश्यक हरेक किसिमका निति नियम याेजना आफ्नाे गाउँसभामा समावेश गर्ने धारणा राख्नु भएको थियाे ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीले संसदिय अभ्यास गर्दै गर्दा भाषण कला, आत्मबल तथा राज्य र राजनितिक ज्ञान-सिपको विकास हुने बताउनुभयो । प्रदेश युवा परिषदका उपाध्यक्ष तथा कार्यक्रमका अध्यक्ष गोभिन्द बहादुर केसीले आउदा दिनहरूमा पनि केन्द्रीय सरकार र प्रदेश सरकारबाट युवा, युवतीहरूको क्षमता वृद्धि गर्ने कार्यक्रमको आयोजना गर्ने बताउनुभयो ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मणि प्रसाद खनाल,गाउँपालिकाका प्रवक्ता प्रकाश रायमाझी,राष्ट्रिय युवा परिषद् पाल्पा जिल्ला अध्यक्ष तुल बहादुर अधिकारी,युवा परिषद् लुम्बिनी प्रदेश सदस्य धन बहादुर रायमाझी,सम्पूर्ण वडा अध्यक्षहरू,कार्यपालिका सदस्यहरूकाे उपस्थिति रहेकाे थियाे ।








































Comments