रिब्दीकोटमा आवधिक विकास योजना र त्रिवर्षिय मध्यकालीन खर्च संरचना सम्बन्धी प्रारम्भिक अभिमुखिकरण
पाल्पा- जिल्लाकाे रिब्दीकोट गाउँपालिकाको आयोजना एवम बुद्धभुमी कन्सल्टिङ प्रा. लि. बिजुलीबजार काठमाण्डु, नेपालको परामर्शमा रिब्दीकोट गाउँपालिकाको आवधिक विकास योजना र त्रिवर्षिय मध्यकालीन खर्च संरचना सम्बन्धी प्रारम्भिक अभिमुखिकरण तथा छलफल कार्यक्रम- २०८० सम्पन्न भएको छ ।
कार्यक्रम रिब्दीकाेट गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीकाे अध्यक्षता सम्पन्न भएको हाे । कार्यक्रम नेपाल सरकारका पूर्व मुख्य सचिव श्री सोमलाल सुवेदीको प्रमुख आतिथ्यता, रिब्दीकोट गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारी र योजना विद बिष्णु बहादुर थापाको बिशिस्ट आतिथ्यता भएको हाे । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत मणि प्रसाद खनाल, सम्पुर्ण वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, सम्पुर्ण शाखाका शाखा प्रमुखहरु, वडा सदस्यहरु लगायत सम्पुर्ण सरोकारवाला पक्षहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रशिक्षण नेपाल सरकारका पूर्व सचिव डा. दामोदर रेग्मीले गर्नुभएको थियो भने संचालन सुचना प्रविधी अधिकृत सुदिप पौडेलले गर्नुभएको थियो ।








































Comments