रिब्दीकोटले लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी ज्ञवालीसँग पालिकाको बिकास गर्याे छलफल !

रिब्दीकोट गाउँपालिकाले लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई स्वागत तथा बधाई एवम छलफल कार्यक्रम गरेको छ । समसामयिक विकासको सन्दर्भमा गाउँपालिका अध्यक्ष  नारायण बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पोखरेलले समग्र रिब्दीकोट गाउँपालिकाको सडक पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायतका विषयमा भएका काम र सम्भावना र संचालन गर्न सकिने योजनाका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । 

 

कार्यक्रममा लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले रिब्दीकोट गाउँपालिकाले गरेको गतिविधि प्रशंसायोग्य रहेको बताउनुभयो । उहाँले गाउँपालिकाले प्रभावकारी योजना तयार गरेमा देश तथा विदेशका निजी क्षेत्रसंग सहकार्यमा काम गर्ने वातावरण निर्माण गर्न सकिने बताउनुभयो । ठोस योजना तयार भएमा गाउँपालिकालाई सहयोग जुटाउन आफू सधै प्रतिबद्ध रहेको कार्यकारी अधिकृत ज्ञवालीको भनाइ थियो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीसहित सम्पूर्ण वडाका वडा अध्यक्ष , कार्यपालिका सदस्य, कर्मचारीहरुको सहभागिता रहेको थियो ।

 

Comments