रिब्दीकोटको पालुङ्गमैनादीका ८० जना जेष्ठ नागरिकलाई न्यानाे कपडा
पाल्पा-चिसाे माैसम नजिकिदै छ । यसैबीच पाल्पाको रिब्दीकाेट गाउँपालिकाले ज्येष्ठ नागरिक तथा एकल महिलालाई न्यानो कपडा वितरण गरेको छ । गाउँपालिकाकाे वडा न ७ पालुङ्गमैनादीले वडा कार्यालय भित्रका जेष्ठ नागरिक र एकल पुरुष तथा महिलालाई व्ल्याङ्केट वितरण गरेको हाे । जाडोमा न्यानो प्रदान गर्न गाउँपालिकाले ८० जना जेष्ठ नागरिक र एकल पुरुष तथा महिलालाई व्ल्याङ्केट वितरण गरेको हो
गाउँपालिकाले वडा न ७ का ८० जना ज्येष्ठ नागरिक, दलित, अपाङ्ग तथा एकल महिलालाई ब्लाङ्केट वितरण सहित न्यानो सम्मान गरेको वडाध्यक्ष दान बहादुर कुवँरले बताउनुभयोे । जेष्ठ नागरिकलाई सम्मान गर्दै कार्यक्रमका प्रमुख अतिथि एंव गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले जेष्ठ नागरिकहरु पालिकाका सम्मानित ब्यक्तित्व भएको बताउनुभयो । उहाँहरुसँग धेरै पहिले देखिको बिकास निर्माण लगायत अन्य क्षेत्रको पनि अनुभब भएको भन्दै उहाँहरुको अनुभबबाट नयाँ पुस्ताले सिक्नुपर्ने बताउनुभयो । कार्कीले जाडाे माैसम नजिकिदै गएकोले स्वास्थ्यको ख्याल गर्न जेष्ठ नागरिकलाई आग्रह समेत गर्नुभएको छ । चिसो समयमा खानपानमा ध्यान दिन र परिवारका सदस्यले बिशेष ख्याल र स्याहार सुसारमा ध्यान दिन आग्रह गर्नुभयो ।
गाउँपालिकाको चालु आवको स्वीकृत कार्यक्रम अनुसार पालुङ् क्षेत्रका बृद्ध तथा एकल पुरुषलाई जाडोका प्रयोग गर्न सकिने ओढ्ने कपडा वितरण गरि प्रशंसानीय कार्य गरेको प्रमुख प्रशासकिय अधिकृत लेखनाथ पाेखरेलले बताउनुभयो । जेष्ठ नागरिकलाई जाडोमा न्यानो बाँड्नका लागि ओढ्ने कपडा वितरण गरेको उहाँले बताउनुभयो । कार्यक्रममा स्थानीय जनप्रतिनिधि वडा सचिव लगाएतको उपस्थीत रहेको थियो ।








































Comments