रिब्दीकाेटका कृषकलाई किसान कार्ड बितरण

पाल्पाकाे रिब्दीकोट गाउँपालिका वडा न. ३ खस्यौली, पाल्पाको आयोजनामा कृषकहरूले गाउँपालिका र वडाबाट पाउने कृषि सम्बन्धी विभिन्न किसिमका अनुदानलाई सहजीकरण र पारदर्शी बनाउने उदेश्यले किसान कार्ड बितरण गरिएको छ । बिहिबार एक कार्यक्रमका बिच कृषकहरूलाई किसान कार्ड वितरण गरिएको हाे । 

 

कार्यक्रम रिब्दीकोट गाउँपालिका वडा न. ३ का वडा अध्यक्ष नारायण बहादुर के.सि.को अध्यक्षतामा सम्पन्न भएको हाे । कार्यक्रम प्रमुख अतिथि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पोखरेलले ब्यानर पढेर कार्यक्रमकाे समुद्घाटन गर्नु भएको हाे । कार्यक्रमका प्रमुख अतिथि प्रमुख प्रशासकिय अधिकृत पाेखरेलले हाम्रो देशको आर्थिक समृद्धि र विकासको प्रमुख आधार कृषिक्षेत्र रहेको बताउनुभयो । कृषकहरूकाे अथक परिश्रम र योगदानले मात्र हाम्रो समाजको आधार बलियो हुने बताउनुभयो । कृषकहरूको जीवनस्तर उकास्न र कृषि उत्पादनलाई प्रवर्द्धन गर्न पालिकाले किसान कार्ड वितरण कार्यलाई प्राथमिकता दिएकाे बताउनुभयो । यस किसान कार्डमार्फत कृषकहरूले विभिन्न सरकारी सेवा सुविधा, अनुदान, प्राविधिक सहयोग सुविधा प्राप्त गर्न सक्ने बताउनुभयो । यो कदमले कृषि क्षेत्रमा नविनता ल्याई उत्पादनशिलतालाई प्रवर्द्धन गर्ने विश्वास लिएका बताउनुभयो ।

 

कार्यक्रममा वडा न ३ का वडा अध्यक्ष नारायण बहादुर केसीले कृषि कार्यमा थप सक्रियता र नवीन सोचका साथ अघि बढ्ने प्रेरणा सहित कृषकलाई किसान कार्ड वितरण गरिएको बताउनुभयो । कृषि क्षेत्रको विकाससँगै कृषकहरूको आर्थिक समृद्धि नै पालिकाकाे उद्देश्य रहेको बताउनुभयो ।  कार्यक्रममा  वडा न. ७ का वडा अध्यक्ष  दान बहादुर कुवँर एवं वडा न. ३ का जनप्रतिनिधिहरु लगायत वडा न. ३ भित्र बसोबास गर्ने कृषकहरुको उपस्थितिमा वडा न. ३ को वडा कार्यालय खस्यौली, पाल्पामा कार्यक्रम सम्पन्न भएको हाे ।

अहिले सम्म २ सय ६० जना कृषकहरुले कृषक कार्ड प्राप्त गरिसकेका छन । भने कार्ड लिन बाकी कृषकहरुलाई क्रमश कार्ड बितरण गरिने वडा सचिव गणेश आर्चायले जानकारी दिनुभयाे ।

Comments