रिब्दीकोटकाे कालिका मा. वि. बतासेमा नेपाल स्काउटको प्रथम दिक्षान्तर समारोह सम्पन्न
पाल्पा- जिल्लाकाे रिब्दीकोट गाउँपालिका वडा न. ७ स्थित कालिका मा. वि. बतासे पाल्पामा नेपाल स्काउटको प्रथम दिक्षान्तर समारोह सम्पन्न भएको छ । स्थानिय स्काउट संरक्षक एवं समारोहका प्रमुख अतिथी गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले उदघाटन गर्नुभएको हाे ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका गाउँपालिका अध्यक्ष कार्कीले स्काउट संस्थाले समाज सेवा गर्ने महत्वपूर्ण भूमिकामा रहेर बताउनुभयाे । उहाले दीक्षित विद्यार्थीहरूलाई समाजसेवाको भावना आत्मसात गर्दै अघि बढ्न प्रेरित गरेको बताउनुभयाे । गाउँपालिकाले नेपाल स्काउटका गतिविधिहरूलाई प्रोत्साहन गर्दै आइरहेको बताउनुभयो । उहाले भन्नुभयाे युवाहरूलाई सक्षम र जिम्मेवार नागरिक बनाउनका लागि स्काउट जस्ता अभियानहरूमा निरन्तर सहकार्य गर्दै आइरहेका छौं । आगामी दिनमा पनि गाउँपालिकाले स्काउटका गतिविधिहरूलाई अझ प्रभावकारी बनाउन मद्दत गर्नेछ,उहाले बताउनुभयो ।
कार्यक्रम स्थानिय स्काउट संयोजक एवम गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारी, प्रमुख प्रशासकिय अधिकृत लेखनाथ पोखरेलले दीक्षित स्काउटहरूले आफ्नो जीवनमा प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्दै समाजमा सकारात्मक परिवर्तन ल्याउने गरि अग्रसर हुनुपर्ने बताउनुभयो । दीक्षान्त पाउने विद्यार्थीहरूलाई यहाँबाट प्राप्त शिक्षा, अनुशासन, र नेतृत्व क्षमताको उपयोग गरेर आफ्नो जीवनमा मात्र होइन, आफ्नो समुदाय र राष्ट्रका लागि योगदान गर्ने गरि अगाडि बढ्न आग्रह गर्नुभयाे ।
कार्यक्रममा वडा न. ७ का वडा अध्यक्ष दान बहादुर कुवँर लगायत सम्बन्धित सरोकारवाला पक्षहरुको उपस्थितिमा विद्यालय प्राङ्गणमा सभ्य, भब्य र शान्त वातावरणमा सम्पन्न भएको हाे । कार्यक्रममा स्काउटमा सहभागी विध्यार्थिहरुलाई अतिथिहरुले दिक्षित गर्नु भएको थियाे । स्काउट नेपालमा मात्र नभएर संसारभर यौटा सेवा मुलक संस्थाको रुपमा परिचित भएको र सोही अनुरुप कार्य गर्दै आइरहेकोले स्काउटको सोही मर्मलाइ आत्मसात गरि अगाडि बढ्नु पर्ने गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले स्काउटमा सहभागी विधार्थीहरुलाई निर्देशन समेत दिनुभएको छ ।








































Comments