रिब्दीकोटकाे भैरव जनता माविमा एक बिधार्थी एक सीप कार्यक्रम सुरु
रिब्दीकोट गाउँपालिका वडा न ४ स्थित भैरव जनता मावि, भैरबस्थानमा एक विध्यार्थी एक सीप कार्यक्रमको उदघाटन गरिएको छ । एक विध्यार्थी एक सीप कार्यक्रमको उदघाटन गर्न बिधालयमा पुग्नु भएका रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले विध्यार्थिहरुको सीप प्रयोग गरि निर्माण गरिएका विभिन्न बस्तुहरुको अध्ययन एवम अनुगमन गर्दै आउदा दिनहरुमा निरन्तर विद्यार्थीहरुलाई यस्ता सृजनशिल र जीवन उपयोगी सीपहरुको बिकास गर्दै नयाँ नयाँ सृजनात्मक कार्य गर्न प्रेरित गर्नु पर्ने बताउनुभयो । कक्षाकोठामा किताबको मात्रै पढाइ हुँदा विद्यार्थी शिक्षित बने पनि सीप विहीन बन्ने गरेकाले उनीहरूलाई हामी पनि गर्न सक्छौँ भन्ने भावना र उपयोगी सीपको विकास गराउने गाउँपालिका समेत अगाढी बढ्ने बताउनुभयो ।
‘विद्यार्थी फुर्सदको समयमा मोबाइल मात्रै चलाएर बस्ने र सीपविहीन बन्ने जोखिम बढ्दो रहेको बताउदै घरायसी सीप र संस्कारका कुरा पनि उनीहरूलाई सिकाउन जरुरी भएको हुदा पढ्दै सिक्दै कार्यक्रमलाई यस बिधालयले अभियानकै रूपमा नियमित सञ्चालन गर्ने योजना बनाएको रिब्दीकोट गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष सोम बहादुर कार्कीले जानकारी दिनु भयो ।
विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई विद्यालय शिक्षासँगै सीप सिकाएर पेशा गर्न सक्ने बनाउने लक्ष्य विद्यालयको रहेको बिधालयका निमिक्त प्रअ सुरेश प्रसाद गौतमको भनाई छ । भैरव जनता मावि, भैरबस्थान भएको एक विध्यार्थी एक सीप कार्यक्रममा शिक्षा शाखा प्रमुख मणि प्रसाद खनाल लगायत शिक्षा संग सम्बन्धित सरोकारवाला पक्षहरुको उपस्थितिमा कार्यक्रम गरिएको गाउँपालिकाका रोजगार साहयक शिव पोखरेलले जानकारी दिनुभयो ।








































Comments