रिब्दीकोट वडा न ७ मा स्वास्थ्य संस्थाहरु एवं एम्बुलेन्स सेवाको समुदघाटन
पाल्पाकाे रिब्दीकोट गाउँपालिका वडा न. ७ स्थित पालुङ आयुर्वेद औषधालय, पालुङमैनादी स्वास्थ्य चौकी, स्वास्थ्य प्रयोगशाला तथा एम्बुलेन्स सेवाको समुदघाटन भएको छ । उक्त समारोहकाे उद्घाटन रिब्दीकोट गाउँपालिका वडा न. ७ का वडा अध्यक्ष दान बहादुर कुवँरको अध्यक्षतामा सम्पन्न भएको हाे ।
स्वास्थ्य संस्थाहरु एवं एम्बुलेन्स सेवाको समुदघाटन रिब्दीकाेट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले गर्नु भएको हाे । कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका रिब्दीकोट गाउँपालिका अध्यक्ष कार्कीले आयुर्वेद औषधालय, स्वास्थ्य प्रयोगशाला र एम्बुलेन्स सेवा शुभारम्भले वडाभित्रका र छिमेकी वडाका नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध हुने बताउनुभयो । यसले विशेष गरी ग्रामीण भेगका जनतालाई आधारभूत स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउनेछ । आयुर्वेद औषधालयले हाम्रो परम्परागत चिकित्सा प्रणालीलाई जीवन्त राख्नेछ । यो प्रणाली केवल उपचार मात्र नभई स्वस्थ जीवनशैली र प्राकृतिक उपचारमा आधारित छ । यसले दीर्घकालीन रूपमा जनताको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने उहाले बताउनुभयो । स्वास्थ्य प्रयोगशालाको स्थापनाले रोग पहिचान र उपचारमा सहजता ल्याउने बताउनुभयो । यसले बिरामीहरूलाई समयमै उचित उपचार पाउन सहयोग पुर्याउनेछ । बिरामीहरू पालिकामा उपचार नपाएर अन्यत्र पठाउनु पर्ने झन्झट कम हुनेछ, र यसको सिधा फाइदा स्थानीय जनतालाई नै हुने विश्वास गाउँपालिकाले लिएको बताउनुभयो । एम्बुलेन्स सेवाबाट आपतकालीन अवस्थामा बिरामीलाई तुरुन्तै अस्पतालसम्म पुर्याउन सहज हुने बताउनुभयो । पालिकाकाे वडा न ७ मा गरिएको नयाँ सुरुवातले पालुङमैनादी र आसपासका क्षेत्रका जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने मात्र नभई स्थानीय स्वास्थ्य संरचनालाई सुदृढ बनाउने अपेक्षा गरिएको गाउँपालिका अध्यक्ष कार्कीले बताउनुभयो ।
कार्यक्रममा रिब्दीकोट गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीले समारोहमा बोल्दै नयाँ सेवाहरूको सुरुवातले स्थानीयवासीको स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, "आयुर्वेद औषधालयले परम्परागत चिकित्सा प्रणालीलाई संरक्षण गर्दै प्राकृतिक उपचारप्रति जनचेतना अभिवृद्धि गर्नेछ । स्वास्थ्य प्रयोगशालाले बिरामीहरूको रोग पहिचानमा सहजता ल्याउनेछ भने एम्बुलेन्स सेवाले आपतकालीन अवस्थाहरूमा तुरुन्तै स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्ने बताउनुभयो । "हरेक नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु र यसका लागि सबै क्षेत्रको निरन्तर सहयोग आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पोखरेलले नयाँ सेवाहरूले जनताको स्वास्थ्यमा प्रत्यक्ष लाभ पुर्याउने बताउँदै यसलाई दिगो बनाउन सबैको सहकार्यको आवश्यकता औंल्याउनुभयो । नयाँ सेवाहरूबाट लाभ लिइ स्वास्थ्य जीवन शैली अपनाउन नागरिकलाई आग्रह गर्दै पालिकाले सेवाको प्रभावकारी कार्यान्वयनका लागि निरन्तर गर्नुपर्ने सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयाे ।
कार्यक्रममा स्वास्थ्य संस्था निर्माणका लागी जग्गा प्रदान गर्नुहुने जग्गादाताहरु बाबुराम कार्की, भुवन कुवँर, शिव कुवँर र प्रेम टण्डनहरुको बिशिस्ट आतिथ्यता रहेको थियाे । गाउँ कार्यपालिकाका सदस्यहरुको आतिथ्यता, पालिकाभित्रका सम्पुर्ण राजनितिक दलका प्रतिनिधिहरु, स्वास्थ्य संस्थाका कर्मचारीहरू, रिब्दीकोट गाउँ कार्यपालिकाका कर्मचारीहरु, पत्रकारहरु, आमा समुहहरु, स्वास्थ्य स्वयंसेविकाहरु लगायत सम्बन्धित सरोकारवाला पक्षहरुको उपस्थितिमा पालुङ मैनादी स्वास्थ्य चौकिको प्राङ्गणमा कार्यक्रम सम्पन्न भएको थियाे । कार्यक्रममा जग्गादाताहरु, स्वास्थ्य स्वयंसेविकाहरु एवं स्वास्थ्य संस्थाका कर्मचारीहरुलाइ भब्य रुपमा सम्मान गरि मायाको चिनो प्रदान गर्दै कार्यक्रम समापन गरिएको थियाे । कार्यक्रमकाे सञ्चालन स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीको संचालनमा सम्पन्न भएको थियाे ।कार्यक्रमका अवसरमा पन्चेबाजा सहित कालिका माध्यमिक विद्यालयकाे स्काउट समुहकाे विशेष प्रस्तुति देखाउदै वडा कार्यालय भवन देखि बतासे बजार हुँदै पालुङमैनादी स्वास्थ्य चौकी सम्म र्याली गरिएको थियाे ।








































Comments