रिब्दीकोट वडा नं. २ मा जेष्ठ नागरिक सम्मान तथा ब्लाङ्केट वितरण कार्यक्रम सम्पन्न
रिब्दीकोट गाउँपालिका वडा नं. २ ले सामाजिक दायित्व र जेष्ठ नागरिकप्रतिको सम्मानको भावना अभिवृद्धि गर्दै चालू आर्थिक वर्ष २०८०/०८१ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत जेष्ठ नागरिकहरूलाई सम्मान तथा ब्लाङ्केट वितरण कार्यक्रम गरेको छ । वडाभित्र रहेका ८४ वर्षमाथिका जेष्ठ नागरिकलाई केन्द्रित गरी आयोजना गरिएको यस कार्यक्रममा जेष्ठ नागरिकलाई ब्लाङ्केट प्रदान गरिएकाे हाे ।
रिब्दीकोट गाउँपालिका वडा न. २ को आयाेजनामा भएको कार्यक्रमका प्रमुख अतिथि रिब्दीकाेट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले जेष्ठ नागरिकहरू समाजका प्रेरणाका स्रोत भएको उल्लेख गर्दै उहाहरूका लागि यस्ता सम्मानजनक कार्यक्रमहरूको निरन्तरता आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “जेष्ठ नागरिकको ज्ञान र अनुभव समाजको बहुमूल्य सम्पत्ति हो । उहाहरूको योगदानबिना वर्तमान पुस्ताले प्रगति गर्न सक्दैन । यसैले, हामीले उनीहरूको सम्मानलाई उच्च प्राथमिकतामा राख्नुपर्छ।”कार्कीले बताउनुभयो । जेष्ठ नागरिकहरु समाजका ऐना भएको र हामी वर्तमान पिढिहरुले उहाँहरुको मार्गनिर्देशन बमोजिम अगाडि बढ्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा वडाभित्रका ८४ बर्ष भन्दा माथि उमेरका जेष्ठ नागरिकहरूकाे उपस्थिति रहेको थियाे । वडा कार्यालयले जेष्ठ नागरिकहरूलाई सम्मान गर्दै ब्लाङ्केट प्रदान गर्दा, सहभागीहरूको अनुहारमा देखिएको खुसी कार्यक्रमको सफलता झल्काउने मुख्य आधार बन्यो ।
कार्यक्रममा रिब्दीकोट गाउँपालिका वडा न. २ का वडा अध्यक्ष ओम प्रसाद पोखरेले जेष्ठ नागरिकहरूको भूमिका, योगदान, र महत्वमाथि चर्चा गर्दै समाजमा उहाहरूको सम्मान कायम गर्न यस्ता कार्यक्रमहरूले महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो । जेष्ठ नागरिकहरूको आवश्यकतालाई सम्बोधन गर्न वडाले भविष्यमा अझ प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो । जेष्ठ नागरिकहरूको स्वास्थ्य, जीवनस्तर, र सामाजिक सुरक्षा सुनिश्चित गर्न वडाले आगामी दिनहरूमा विभिन्न पहल गर्ने बताउनुभयो । कार्यक्रम रिब्दीकोट गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीको संचालनमा सम्पन्न भएको थियाे ।








































Comments