रिब्दीकाेट वडा न ४ मा गरिबी निवारणका लागि लघु उधम विकास तालिम सम्पन्न

पाल्पा- जिल्लाकाे रिब्दीकाेट गाउँपालिका वडा न ४ मा 

गरिबी निवारणका लागि लघु उधम विकास तालिम सम्पन्न भएको छ । वडाले उद्यमशीलता विकास तालीम अन्तर्गत व्यवसाय सचेतना तथा सुरु,लैंगिक समानता तथा सामाजिक समावेशीकरण तालिम सम्पन्न गरेको हाे ।

 

रिब्दीकाेट गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीले महिलाहरूलाई उद्यमशीलता विकास कार्यमा सहभागी गराई गाउँपालिकाको एउटा नमुना उद्योगी व्यवसायी गराउन गाउँपालिकाको लक्ष्य रहेको बताउनुभयाे ।

 

कार्यक्रममा गाउँपालिका  प्रमुख प्रशासकीय अधिकृत मणि प्रसाद खनालले गरिवी निवारणका लागि गरिएको तालिम   महत्वपूर्ण रहेको बताउनुभयो ।  तालिममा सिकेका सिपलाई तालिममा मात्र होइन व्यवहार ल्याउनुपर्नेमा बताउनुभयो । 

 

रिब्दीकाेट गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष साेम बहादुर कार्कीले सबैभन्दा महत्वपूर्ण कार्य गर्नमा आफैं क्रियाशील हुनुपर्ने र तालिम लिएका सिपलाई दीर्घकालीनसम्म लागि उत्पादन बढाउन आग्रह गर्नुभयाे । कार्यक्रम मेडपा फोफल ब्यक्ति तथा अधिकृत छैठौं रुकलाल भट्टराई तालिममा सहभागीहरूलाई शुभकामना व्यक्त गर्नु भएको थियाे ।

Comments