रिब्दीकाेट वडा न ४ काे आयाेजनामा दोश्रो वडा स्तरीय पुरुष तथा महिला भलिवल प्रतियोगिता शुरू
पाल्पा-"स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद" भन्ने नाराका साथ रिब्दीकोट गाउँपालिका ४ न. वडा कार्यालय भैरबस्थान, पाल्पाको आयोजनामा दोश्रो वडा स्तरीय पुरुष/महिला भलिवल प्रतियोगिता शुरू भएको छ । प्रतियाेगिताकाे शुभारम्भ गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारी र गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मणि प्रसाद खनालले संयुक्त रूपमा गर्नु भएको हाे ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका गाउँपालिका उपाध्यक्ष अधिकारीले वडामा स्तरका आयाेजना हुने यस्ता प्रतियाेगितात्म कार्यक्रमले खेलाडीहरूकाे पहिचान गर्न सहयोग पुग्ने बताउनुभयो । गाउँपालिकाले खेल र खेलाडीहरूकाे विकास र विस्तार गर्नका लागि पालिका स्तरीय खेलकुद विकास समितिकाे निर्माण गरि गतिविधिहरू सञ्चालन गरिरहेकाे बताउनुभयो ।
कार्यक्रमका बिशिस्ट आतिथि गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मणि प्रसाद खनालले खेलको माध्यमबाट देशलाई चिनाउन खेलाडीहरुको अहम भूमिका हुने भन्दै अनुशाशित भएर खेल क्षेत्रमा लाग्न आग्रह गर्नुभयाे । गाउँपालिकाकाे खेल क्षेत्रको चौतर्फी बिकास र खेलाडी उत्पादन गर्न पालिकाले योजना बनाएर अगाडि बढ्ने बताउनुभयो । कार्यक्रम वडा न. ४ का वडा अध्यक्ष सोम बहादुर कार्कीको अध्यक्षता भएको थियाे । कार्यक्रममा पालिका स्तरीय युवा तथा खेलकुद बिकास समिती संयोजक दिपक थापा पचभैया लगायत सरोकारवाला पक्षहरुको उपस्थितिमा भैरब जनता मा.वि. भैरबस्थान, पाल्पाको प्राङ्गणमा प्रतियाेगिता शुरू भएको छ ।








































Comments