रिब्दीकोट कृषि परियोजनाको सहयोगमा उन्नत गाई पालनको स्थलगत अनुगमन सम्पन्न

रिब्दीकोट गाउँपालिका वडा नं. ७, डवका टोलमा रिब्दीकोट कृषि परियोजना (RAP) को आर्थिक सहयोग, हेफर प्रोजेक्ट नेपाल र ग्रामीण आर्थिक विकास संघ (REDA) को समन्वय तथा सहजीकरणमा अनुदानमा वितरण गरिएका उन्नत जातका गाईहरूको स्थलगत अध्ययन र अनुगमन गरिएको छ ।

 

अनुगमन टोलीको नेतृत्व रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले गर्नुभएको थियो । टोलीमा सम्बन्धित सरोकारवाला पक्षहरूको उपस्थिति रहेको थियो । अनुगमनका क्रममा गाईहरूको पालनपोषण, स्वास्थ्य, उत्पादनशीलता तथा किसानहरूको अनुभवबारे जानकारी लिई आवश्यक सुझाव र परामर्श आदानप्रदान गरिएको छ ।

 

अनुगमन गर्दै अध्यक्ष कार्कीले कृषिका माध्यमबाट रिब्दीकोट गाउँपालिकाको आर्थिक उन्नति गर्न सकिने र कृषकहरूको सक्रियता बढाउन थप अनुदान र प्रोत्साहन कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । कृषि क्षेत्रमा लगानी र प्राविधिक सहयोग वृद्धि गरेर कृषकहरूको दिगो आयआर्जन सुनिश्चित गर्न गाउँपालिका सदैव क्रियाशील रहने उहाँले बताउनुभयो ।

 

अनुगमनका क्रममा किसानहरूले गाई पालनमा देखिएका समस्या र आवश्यकताहरूबारे आफ्नो धारणा राख्नु भएको थियाे । अनुगमन टोलीले सुझावहरूलाई प्राथमिकतामा राखी आवश्यक योजनाहरू तयार पारिने जानकारी दिनुभयाे ।

 

Comments