रिब्दीकोट गाउँपालिकाद्वारा एच.पि.भी. खोप अभियानको लागि स्वास्थ्यकर्मी अभिमुखिकरण गोष्ठी सम्पन्न

रिब्दीकोट गाउँपालिकाको आयोजना तथा स्वास्थ्य शाखाको समन्वयमा एच.पि.भी. (ह्युमन पापिलोमा भाइरस) खोप अभियानलाई प्रभावकारी बनाउनका लागि स्वास्थ्यकर्मीहरुलाई लक्षित गरी १ दिने अभिमुखिकरण गोष्ठी सम्पन्न भएको छ ।

 

गोष्ठीमा गाउँपालिकाभित्र कार्यरत स्वास्थ्यकर्मीहरुलाई एच.पि.भी. खोपको महत्त्व, उपयोगिता, खोपको प्रभावकारिता, र अभियान सञ्चालनका प्रक्रियाहरुबारे जानकारी गराइएको थियो । कार्यक्रममा खोपसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने, खोप अभियानलाई व्यवस्थित गर्ने, र समुदायलाई खोपसम्बन्धी आवश्यक परामर्श दिने विषयमा पनि छलफल गरिएको थियो । गोष्ठीको उद्घाटन रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले गर्नुभएको हाे । कार्यक्रममा गाउँपालिका अध्यक्ष कार्कीले एच.पि.भी. भाइरसका कारण हुन सक्ने पाठेघरको क्यान्सर लगायतका गम्भीर स्वास्थ्य समस्या रोक्नका लागि खोप अभियान महत्त्वपूर्ण हुने बताउनुभयो । उहाँले किशोरी तथा महिलाहरुलाई पाठेघरको क्यान्सर जस्ता गम्भीर रोगहरुबाट सुरक्षित राख्न यस खोप अभियानले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।  गाउँपालिकाले स्वास्थ्य सेवा सुधारका लागि यस्ता कार्यक्रमलाई निरन्तर प्राथमिकता दिने प्रतिवद्धता जनाउँदै अभियान सफलतापूर्वक सम्पन्न गर्न सबैलाई सहकार्य र समन्वयका लागि अनुरोध गर्नुभयो ।

 

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मण प्रसाद खनालले स्वस्थ समाज निर्माण गर्नका लागी स्वास्थ्यकर्मीहरुको महत्वपूर्ण भुमिका रहने भएकोले सोही बमोजिम कार्यक्रमलाई अत्यन्तै महत्वका दिन र  खोप प्राप्त गर्न योग्य उमेर समुहका सबैलाइ यो खोप पुर्याउनुहुन सम्बन्धित पक्षहरुलाइ निर्देशन गर्नुभएको छ ।

 

कार्यक्रम स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीकाे  सहजीकरण गर्नु भएको थियाे भने सहभागीहरुले खोप अभियानलाई अझ प्रभावकारी बनाउन सुझाव दिएका थिए । गोष्ठीपछि अभियानलाई तुरुन्त कार्यान्वयनमा लैजाने योजना तय गरिएको छ । यस खोप अभियानले रिब्दीकोट गाउँपालिकाका किशोरी तथा युवतीहरुमा पाठेघरको क्यान्सरजस्ता समस्याबाट सुरक्षा प्रदान गर्न ठुलो योगदान पुर्याउने अपेक्षा गरिएको पालिकाले जनाएको छ ।

Comments