रिब्दीकाेट गाउँपालिकामा स्वस्थ जीवनशैली याेग तथा नसर्ने राेग सम्बन्धि अभिभुखिकरण कार्यक्रम
पाल्पा- जिल्लाकाे रिब्दीकाेट गाउँपालिकामा स्वस्थ जीवनशैली याेग तथा नसर्ने राेग सम्बन्धि अभिभुखिकरण कार्यक्रम शुरू भएको छ । गाउँपालिकाले म बनाउछु मेराे रिब्दीकाेट कार्यक्रम अन्तरगत नागरिक आराेग्य कार्यक्रमबाट स्वस्थ जीवनशैली याेग तथा नसर्ने राेग सम्बन्धी अभिभुखिकरण कार्यक्रम गरेको हाे । पालिकाकाे वडा न ३ खस्याैलीमा पहिलो दिन स्वास्थ्य स्वयंसेविका,स्वास्थ्य सस्थाका प्रमुख एवम प्रतिनिधि,शिक्षक,जनप्रतिनिधिहरूकाे उपस्थितिमा अभिमुखिकरण कार्यक्रम भएको हाे । अभिमुखिकरण कार्यक्रम दाेस्त्राे दिन वडा न ७ काे बतासे हुने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीले जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथि रिब्दीकाेट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले ब्यानर पढेर कार्यक्रम उद्घाटन गरे । कार्यक्रममा अध्यक्ष कार्कीले गाउँपालिकाले पछिल्लो समयमा सर्ने राेग भन्दा नसर्ने राेगबाट धेरै मानिसहरू पिडित भइ रहेकोले स्वास्थ्य जीवनशैली यापनमा गर्नका लागि सचेतना जगाउन कार्यक्रम गरिएको बताए । विश्वव्यापीकरण, शहरीकरण, जनसंख्या वृद्धि, वातावरण प्रदूषण, जीवनशैलीमा आएको परिवर्तनसँगै नसर्ने रोग, दुर्घटना तथा मानसिक रोगमा व्यापक वृद्धि भइरहेकाले गाउँपालिकाले पालिका बासी नागरिकलाई सजग र सचेत बनाउन कार्यक्रम आवश्यक ठानेकाे बताए ।
सर्ने रोगको नियन्त्रण खोप तथा अन्य उपायबाट गरिने भए पनि नसर्ने रोगको नियन्त्रणका लागि स्वयं व्यक्तिको व्यवहारमा भर पर्ने भएकाले पालिकाले शिक्षक,स्वास्थ्य स्वयंसेविका,स्वास्थ्यकर्मीहरूकाे उपस्थितिमा सचेतना फैलाउने प्रयास गरेको बताए । रिब्दीकाेट गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा नागरिकहरूले अनुभुती हुने गरि काम गर्ने प्रयास गरिरहेकाे बताए । पालिकाकाे खस्याैली प्राथमिक स्वास्थ्य चाैकीबाट बिशेषज्ञ सहितकाे स्वास्थ्य सेवा प्रदान गरिरहेकाे बताए । त्यस्तै पालिकाका सबै स्वास्थ्य सस्थाहरूमा नेपाल सरकारकाे मापदण्डअनुसार औषधीकाे सहज उपलब्धता,जेष्ठ नागरिक,दीर्घराेगीहरूलाई आवश्यकता अनुसार घरघरमै पुगी स्वास्थ्य परिक्षण गरिरहेकाे बताए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीले मानिसहरूले दैनिक रूपमा उपभाेग गर्ने खानपिन र स्वास्थ्य जीवनशैलीमा ध्यान दिन नसक्दा दिन प्रतिदिन मानव स्वास्थ्यमा नसर्ने राेगकाे जाेखिम बढिरहेको बताइन । गाउँपालिकाले नसर्ने राेग जाेखिमलाइ समयमै नियन्त्रण गर्न,आम नागरिकलाई सचेत र सजग बनाउन अभियान सञ्चालन गर्न लागेको बताइन । सचेतना कार्यक्रममा सहभागी स्वास्थ्य स्वयंसेविका,शिक्षक,स्वास्थ्यकर्मीले अभिमुखिकरण कार्यक्रममा सिकेका कुरालाई समुदाय स्तरमा जानकारी गराउन आग्रह गरिन ।
कार्यक्रमका अध्यक्ष एवम प्रमुख प्रशासकिय अधिकृत लेखनाथ पाेखरेलले गाउँपालिकाले जनचेतनामूलक कार्यक्रमबाट सम्भ र स्वास्थ्य समाजकाे निर्माण गर्ने उधेश्य लिएको बताए । पछिल्लो समयमा मानिसहरूले व्यायाम नगर्ने,खानपिन ध्यान नदिएका कारण पनि धेरै नसर्ने राेगबाट समस्या परेको बताउदै पालिकाले सचेनामुलक कार्यक्रमकाे माध्यमबाट सभ्य र स्वास्थ्य समाज निर्माण गर्ने प्रयासकाे शुरूवात गरेको बताए । अभिमुखिकरण कार्यक्रममा आयुवेर्दिक अस्पतालका डाक्टर प्रशान्त बस्नेतले प्रशिक्षार्थीहरूलाई प्रशिक्षण दिनुभएको थियाे ।
कार्यक्रममा रिब्दीकाेट गाउँपालिका वडा न २ का वडा अध्यक्ष ओम प्रसाद पाेखरेल,वडा न ३ का वडा अध्यक्ष नारायण बहादुर केसी,वडा न ४ का वडा अध्यक्ष साेम कुमार कार्की,वडा न ५ का वडा अध्यक्ष मन बहादुर अस्लामी,शिक्षा शाखा प्रमुख मणि खनाल लगाएत कार्यपालिका सदस्यहरूकाे उपस्थिति रहेको थियाे । कार्यक्रमकाे सञ्चालन रिब्दिकाेट गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीकाे सञ्चालनमा सम्पन्न भएको थियाे ।








































Comments