रिब्दीकोट गाउँपालिकाले दियो ४० जना युवाहरुलाई सीपमूलक तालिम

पाल्पाको रिब्दीकोट गाउँपालिकाले पालिकामा सूचीकृत बेरोजगार युवाहरूलाई लक्षित गरी सञ्चालन गरिएको ५० दिने  सडक मर्मत सम्भार तालिम सम्पन्न भएको छ।रिब्दीकोट गाउँपालिका भित्रका ४० जनालाई ५० दिन सम्म सडक मर्मत सम्भार तालिम प्रदान गरेको गाउँपालिकाले जनाएको छ ।तालिमको एक औपचारिक कार्यक्रम गरेर गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले समापन गर्नु भएको थियो ।समापन कार्यक्रमा सहभागीलाई पालिका अध्यक्ष कार्कीले तालिमले स्थानीय युवाहरूलाई सीप प्रदान गरी आत्मनिर्भर बनाउन सहयोग गर्ने विश्वास लिएको बताउदै  आफुले आर्जन गरेको शिपलाइ वास्तविक व्यबहारिक जीवनमा सदुपयोग गर्नु पर्ने समेत बताउनु भयो। 

 

समापन कार्यक्रम गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारी प्रमुख प्रशासकीय अधिकृत मणि प्रसाद खनाल  प्राविधिक शाखा प्रमुख इन्जीनीएर पुरन कार्की  रोजगार सेवा केन्द्रका कर्मचारीहरु, सेवा प्रदायक संस्थाका इन्जिनियरहरु लगायत तालिममा सहभागीहरुको उपस्थीत रहेको थियो । रिब्दीकोट गाउँपालिकाको आयोजना एवं ग्लोबल कलेज अफ इन्जीनियरिङ टेक्नोलोजी प्रालि बुटवल रुपन्देहीको सहजीकरणमा ५० दिने सडक मर्मत तथा सम्भार तालिमको समापन  भएको थियो । तालिममा सहभागी भएका ४० जनालाई गाउँपालिकाले  प्रमाण पत्र समेत प्रदान गरेको गाउँपालिका रोजगार सहायक शिव पोखरेले रेडियो मुक्तिनाथ लाई जानकारी दिनुभयो ।

Comments