रिब्दीकाेट गाउँपालिकाले स्वराेजगार बनाउन युवाहरूलाई दियाे ड्राइभिङ तालिम
पाल्पा-जिल्लाकाे रिब्दीकोट गाउँपालिकाले युवालाई स्वरोजगार बनाउन ड्राइभिङ लाइसेन्स तालिमको प्रदान गरेकाे छ । सिप सिकेर स्वरोजगार बन्ने चहाने युवाहरुले ५० प्रतिशत अनुदानमा ड्राइभिङ तालिम लिन पाउने छन । स्थानीय युवाहरूलाई स्वरोजगारको अवसर प्रदान गर्न, गाउँपालिकाले ड्राइभिङ तालिम सञ्चालन गरेको हाे । यो तालिमले विशेष गरी बेरोजगार तथा सीपविहीन युवाहरूलाई लक्षित गर्दै, उनीहरूलाई आत्मनिर्भर र सक्षम बनाउने उद्देश्य लिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको आर्थिक सहयोगमा सुरु गरिएको तालिममा पालिकाका युवाहरू सहभागी भएका छन । तालिमका क्रममा गाडी चलाउने आधारभूत सीप, ट्राफिक नियम र व्यावसायिक चालक रूपमा विकास गर्न आवश्यक ज्ञान प्रदान गरिने छ ।
कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले तालिम उद्घाटन कार्यक्रममा बोल्दै तालिमले युवाहरूलाई स्वरोजगारको बाटोमा अग्रसर गराउनुका साथै स्थानीय स्तरमा यातायात सेवा सुधार गर्न ठूलो योगदान पुर्याउने बताउनुभयो । गाउँपालिकाले युवाहरूलाई स्वराेजगार बनाउन कृषि र पशुपालनकाे क्षेत्र अवसर प्रदान गरिरहेकाे बताउनुभयो । गाउँपालिकाले सुन्तला,अकबरे खुर्सानी,दूध र दुग्धजन्य परिकार,अदुवा,बेसार लगाएतका कृषि जन्य सामाग्रीकाे उत्पादन तथा विक्री वितरण गर्ने युवाहरूलाई अनुदानका कार्यक्रमकाे माध्यमबाट स्वराेजगारका अवसर प्रदान गरिरहेकाे बताउनुभयो । आगामी दिनमा पनि यस्ता सीपमूलक तालिमहरूलाई निरन्तरता दिँदै, हामी युवाहरूलाई थप स्वरोजगारका अवसरहरू सिर्जना गर्न लागि पर्ने छौं । यो तालिमले केवल व्यक्तिगत विकास मात्र नभई गाउँपालिकाको समग्र आर्थिक र सामाजिक विकासमा पनि योगदान पुर्याउनेछ।”उहाले बताउनुभयो ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लेखनाथ पाेखरेलले तालिमले युवाहरूलाई स्वरोजगारका लागि प्रेरित गर्न र रोजगारीको अवसर सृजना गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको बताउनुभयो । गाउँपालिकाले स्वरोजगार बन्न चाहने युवाहरूका लागि ५० प्रतिशत अनुदानमा ड्राइभिङ तालिमको व्यवस्था गर्न थालेको योजना विशेष गरी ग्रामीण क्षेत्रमा बेरोजगारीको समस्या समाधान गर्न र स्वरोजगार सिर्जना गर्न लक्षित रहेको बताउनुभयो । "युवाहरूलाई स्वरोजगार बनाउनका लागि स्थानीय तहले विशेष योजनाका साथ अघि बढ्नुपर्छ। यसै सन्दर्भमा, हामीले ड्राइभिङ तालिम सञ्चालन गर्ने निर्णय गरेका हाै । यो तालिमले हाम्रो युवापुस्तालाई स्वरोजगारका नयाँ अवसर सिर्जना गर्न सघाउनेछ। तालिमपछि सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्राप्त गर्न सहयोग पुग्ने मात्र होइन, उनीहरूलाई विभिन्न क्षेत्रमा रोजगारी र आय आर्जनको बाटो खुल्नेछ । हाम्रो उद्देश्य भनेकै युवाहरूलाई आत्मनिर्भर बनाउनु र स्थानीय तहमा आर्थिक समृद्धि ल्याउनु हो । "प्रमुख प्रशासकिय अधिकृत पाेखरेलले बताउनुभयो ।
तालिममा सहभागी युवाहरूले“गाउँपालिकाको प्रयासबाट ड्राइभिङ सिक्ने अवसर पाएको बताएका छन । यसले भविष्यमा राम्रो आय आर्जन गर्न मद्दत गर्ने उनिहरूकाे भनाइ छ । कार्यक्रममा गाउँपालिका निवर्तमान अध्यक्ष नारायण बहादुर जिसी,वडा न ६ का वडा
सदस्यरू,पालिकाका कर्मचारीहरूकाे उपस्थिति रहेको थियाे । कार्यक्रम गाउँपालिका वडा न ६ का वडा अध्यक्ष प्रकाश कुँवरकाे अध्यक्षतामा सम्पन्न भएको थियाे ।








































Comments