रिब्दीकोट गाउँपालिकाले रोजगारीमा खटिनु पुर्व कर्मचारीलाई दियाे अभिमुखिकरण

पाल्पा- जिल्लाकाे रिब्दीकोट गाउँपालिकाको आयोजनामा रोजगारीमा खटिनु पुर्व कर्मचारीलाई अभिमुखिकरण  कार्यक्रम वडा न ४ मा सम्पन्न भएको छ ।  रिब्दीकोट गाउँपालिका वडा न. ४ भैरबस्थान पाल्पामा भएको कार्यक्रम वडा न. ४ का वडा अध्यक्ष सोम बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको हाे ।

 

कार्यक्रममा वडा अध्यक्ष कार्कीले उक्त कार्यक्रमले कर्मचारीहरूलाई स्थानीय सरकारको नीति, नियम, कार्यशैली र जिम्मेवारीबारे जानकारी गराउने उद्देश्य राखेको बताउनुभयो  । कार्यक्रममा कर्मचारीहरूको क्षमता विकास, सार्वजनिक सेवा प्रवाहको सुधार र गाउँपालिकाका योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक सीप र ज्ञान प्रदान गरिएको बताउनुभयो । यो कार्यक्रम नयाँ कर्मचारीहरूलाई सहज रूपमा कार्यस्थलमा समायोजन हुन र उनीहरूको कार्यदक्षता वृद्धि गर्न महत्त्वपूर्ण हुने अपेक्षा गरिएको बताउनुभयो । यस किसिमका अभिमुखीकरण कार्यक्रमले संस्थागत कार्यप्रणालीलाई प्रभावकारी बनाउन सहयोग पुर्‍याउँने वडा सदस्य राजेन्द्र नेपालले बताउनुभयो । 

 

अभिमुखिकरण कार्यक्रम वडा सदस्यहरू तथा रोजगारीमा खटिने श्रमिकहरुको उपस्थितिमा वडा न. ४ को वडा कार्यालय भैरबस्थान, पाल्पामा कार्यक्रम  सम्पन्न भएको थियाे । अभिमुखरण कार्यक्रममा रोजगार सेवा केन्द्र संयोजक  दुर्गा पछाइले अभिमुखिकरण कार्यक्रमको उधेश्य माथी प्रकाश पार्नुभएको थियाे भने प्राविधिक सहायक सागर गौतमले काम के कसरी गर्ने भन्ने बारेमा श्रमिकहरुलाइ आवस्यक परामर्श दिनु भएको थियाे । यस्तै अभिमुखरण कार्यक्रममा रिब्दीकोट गाउँपालिका भित्रका सम्पुर्ण वडाहरुमा क्रमशः संचालन गरिने गाउँपालिकाले जनाएको छ । 

 

गाउँपालिकाले जिम्मेवारीको स्पष्टता,संस्थागत संस्कृति र प्रणालीको परिचय,कार्यालयकाे कार्यशैली, मूल्यमान्यता, र आचारसंहिता बुझ्न सहयोग पुर्‍याउन,कार्यकुशलता र दक्षता अभिवृद्धि,सरोकारवाला र सेवाग्राहीसँग सम्बन्ध सुधार,भूल र त्रुटि न्यूनिकरण,प्रेरणा र आत्मविश्वास अभिवृद्धि गर्न पालिकाका ८ वटै वडामा अभिमुखीकरण कार्यक्रम गर्न लागिएको गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले बताउनुभयो । अभिमुखीकरण तालिमले कर्मचारीलाई व्यक्तिगत र संस्थागत रूपमा प्रभावकारी रूपमा कार्य गर्न सक्षम बनाउने मुख्य साधनका रूपमा काम गर्दछ । यसले संस्थाको लक्ष्य प्राप्तिमा योगदान पुर्‍याउने मात्र नभई कर्मचारी र सेवाग्राहीबीच विश्वास र सन्तुष्टि कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले पालिकाले कार्यक्रम गरिरहेकाे बताउनुभयो । 

 

Comments