रिब्दीकाेट गाउँपालिकाले घरदैलोमै सेवा प्रवाह गर्न घुम्ती शिविर

रिब्दीकोट ६ ठिमुरेमा पालिका स्तरीय घुम्ती सेवा संञ्चालन,घरदैलोमै सेवा पाउँदा स्थानीय खुशी

 

पाल्पाको रिब्दीकोट गाउँपालीका  ६ ठिमुरेमा पालिका स्तरीय घुम्ती सेवा शिवर सम्पन्न भएको छ । ठिमुरेका स्थानीय नागरिकलाई सहज होस भन्ने उद्धेश्यले सन्चालन गरेको शिविरमा ३३ जनाको सामान्य स्वास्थ्य परीक्षण १० हजार १ सय ३८ राजस्व संकलन ८ वटा वडा स्तरिय योजना सम्झौता ७ वटा घटना दर्ता जन्म दर्ता प्रतिलिपि, नयाँ दर्ता ३ वटा ब्यबसाय दर्ता ४ वटा, माटो परिक्षण नमुना संकलन ४ पशुपन्छी औषधि बितरण, बाख्रा ७ सय १९, भैंसी पाडापाडी २५ वटा,गाई गोरु १७ , कुखुरा १ सय ७१ र बंगुर ८ वटा सहित आबस्यक सेवा हरू प्रदान गरिएको र स्थानिय बासीलाई सहज रुपमा टोलटोलमै सेवा प्रदान गर्न का लागी पालिका स्तरीय घुम्ती सेवा संचालन गरिएको गाउँपालीका अध्यक्ष नारायण बहादुर कार्कीले बताउनु भयो ।

 

शिविरकै अवसरमा आवश्यक उपचार सेवा प्रदान गरेको र स्वास्थ्य शिविर मार्फत चिकित्सकद्वारा बिभिन्न समस्या लिएर आउने महिलाहरुको संख्या समेत उल्लेख्य मात्रमा पाइएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीले बताउनुभयो ।

 

ठिमुरे भौगलीक हिसावले पनि ग्रामीण मानिन्छ यहाँका नागरिकले स्वास्थ्य सेवा गाउँमै लिएका छन् ।शिविरमा चालु आर्थिक वर्षका योजना सम्झौता  राजस्व सङ्कलन, घटना दर्ता, जन्म दर्ता, नागरिकता सिफारिस,  बाली उपचार परामर्श, माटो परीक्षण नमुना सङ्कलन, गोबर परीक्षण लगाएतका सेवा गाउामै उपलब्ध गराउदा स्थानीय नगरिकलाई समेत सहज भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदन अर्यालले जानकारी लिनुभयो ।

 

वडा का बिभिन्न समस्या हरु लाइ मध्ये नजर गरि सहज रुपमा कार्यकर्म  सन्चालन  गरि सेवा दिनका लागि घुम्ती सेवा संचालन गरिएको वडा नं ६ का वडा अध्यक्ष प्रकाश रायमाझी ले बताउनुभयो । शिबिर मा गाउँ पालीका का बिभिन्न शाखा का प्रमुखहरु स्थानिय  जनप्रतिनिधि लगायत को सहभागिता रहेको थियो। रिब्दीकोट गाउँपालीकाले निशुल्क स्वास्थ्य शिविर, योजना सम्झौता, व्यवसाय दर्ता तथा नवीकरण लगायतका सेवा सहित एकीकृत घुम्ती शिविर मार्फत हरेक वडामा सेवा प्रदान गरिरहेको गाउँपालिकाका रोजगार रोजगार सहायक शिव पोखरेलेले जानकारी दिनु भयो ।

Comments