रिब्दीकोट गाउँपालिकाले गर्यो बजार अनुगमन
पाल्पाको रिब्दीकोट गाउँपालिकाले पालिकाभित्र रहेका बजारमा सञ्चालित खाद्यान्न, किराना, औषधी पसल, होटल लगायतको अनुगमन गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पोखरेल,पालिकाका सुचना अधिकारी रूकलाल भट्टराई,पाल्पा उधोग वाणिज्य संघका प्रतिनिधि,सुरक्षाकर्मी, पत्रकार सहितको उपस्थितिमा बजार अनुगमन गरिएको हो ।
बजार अनुगमनको क्रममा शहरी र ग्रामीण क्षेत्रका ८७ वटा विभिन्न पसलहरुमा अनुगमन गरिएको गाउँपालिकाका सुचना अधिकारी रूकलाल भट्टराईले बताए । अनुगमनको क्रममा म्याद गुज्रेका खाद्य पदार्थ, मसलाजन्य पदार्थ, कस्मेटिक सामग्री, पेय पदार्थ भेटिएकाले अनुगमन टोलीले जफत गरेको उनले बताए । १४ गते सोमबार गाउँपालिकाको वडा न ७ बतासे बजारमा अनुगमन गरेको थियो । गाउँपालिकाले बतासे बजारका ३९ वटा पसलको अनुगमन गरेको थियो । जस्मा ११ वटा पसलबाट म्याद गुज्रेका खाद्य पदार्थ, मसलाजन्य पदार्थ, कस्मेटिक सामग्री, पेय पदार्थ भेटिएकाले जफत गरि नस्ट गरेको छ । त्यस्तै सोमबार नै वडा न ५ को कुसुमखोला बजार क्षेत्रमा पनि अनुगमन गरेको थियो । कुसुमखोलाका कुल ५ वटा पसलको अनुगमन गर्दा २ वटा पसलबाट म्याद गुज्रेका खाद्य पदार्थ, मसलाजन्य पदार्थ, कस्मेटिक सामग्री, पेय पदार्थ भेटिएकाले जफत गरि नष्ट गरिएको गाउँपालिकाका सुचना अधिकारी भट्टराईले बताए । गाउँपालिकाले अनुगमन मार्फत बतासे र कुसुमखोला बजारबाट कुल ५ हजार ४ सय ६० रूपैयाँ बराबरको सामाग्री जफल गरि नष्ट गरेको बताए । त्यस्तै गाउँपालिकाले मंगलबार हार्थोक बजार क्षेत्र अनुगमन गरेको छ । हार्थोक बजारका कुल ४८ वटा पसलको अनुगमन गरेको थियो । जस मध्ये ९ वटा पसलबाट कुल ५ हजार ४० रकम बराबरको म्याद गुज्रेका खाद्य पदार्थ, मसलाजन्य पदार्थ, कस्मेटिक सामग्री, पेय पदार्थ भेटिएकाले जफत गरि नष्ट गरिएको सुचना अधिकारी भट्टराईले बताए ।
पाल्पा उधोग वाणिज्य संघका प्रतिनिधि बिनोद नेपालले म्याद गुज्रेका सामग्री विक्री वितरणको लागि राखिएका पसलहरूलाई सचेत बनाइएको बताए । उनले पालिका, जिल्लामा दर्ता नभएका व्यवसायहरूलाई दर्ता गर्न र नविनकरण गर्न सुझाव दिएको बताए । आगामी दिनमा समेत यस्तै प्रकृति दोहोरिएमा जरीवाना लिने कार्यविधिका बारेमा समेत जानकारी गराइएको बताए । व्यवसायीहरूले म्याद गुज्रेका खाद्य पदार्थ, मसलाजन्य पदार्थ, कस्मेटिक सामग्री, पेय पदार्थ लगाएतको विक्री वितरण नगर्न र जुन व्यवसाय सञ्चालन गर्ने भनेर अनुमती लिईएको छ सोही प्रकारको सामग्रीहरू मात्र बेचबिखन गर्न सम्पूर्ण व्यवसायीहरुलाई आग्रह गरेको बताए । पालिकाभित्र सञ्चालनमा रहेका व्यवसाय दर्ता नगरी सञ्चालन गरेका व्यवसायहरु तथा नविकरण नगरेका पसलहरुलाई व्यवसाय दर्ता तथा नविकरणको लागि पत्र समेत काटिएको छ ।
नागरिकहरुले स्वस्थ र गुणस्तरयुक्त सामग्रीहरु उपभोग गर्न पाउने अधिकारलाई सुनिश्चित गर्न बजार अनुगमन गरिएको र यसलाई पालिकाका अन्य वडाहरूमा पनि निरन्तर बजार अनुगमन गरिने व्यवस्था मिलाईएको पालिकाले जनाएको छ । दर्ता नगरेका सम्पूर्ण व्यवसायीहरुलाई असोज महिनासम्म दर्ता गर्न गाउँपालिकाले आग्रह गरेको छ । अनुगमनको क्रममा बाँकी रहेका र बन्द भएका बजार क्षेत्र र ग्रामीण क्षेत्रका पसलहरूको पनि जुनसुकै समयमा अनुगमन हुने गाउँपालिकाले जनाएको छ ।








































Comments